उत्तर कोरियाका शासक किम जोङ्ग उनका सौतेला दाइ किम जोङ्ग नामको गतः १३ फेब्रुअरीका दिन मलेसियाली राजधानी क्वालालम्पुरको अति ब्यस्त विमानस्थलमा रहस्यमय हत्या भएपछि मलेसिया र उत्तर कोरियबीचको सम्बन्धमा चिसोपन आएको छ । नाम–हत्याकाण्ड पश्चात् उत्तर कोरिया र मलेसियाबीच गाँसिएको पुरानो दौंत्य सम्बन्ध तुरुन्तै चिसिएर जानुका साथै दुई देशबीच राजनीतिक शीतयुद्ध शुरु भएको छ । यसअघि, उत्तर कोरिया र मलेसिया…
गुलरिया (बर्दिया) : नेपाल पत्रकार महासङ्घ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन भएका छन्। यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुङ्गाना, शीतल थापा, दुर्गा आचार्य, दीपक श्रेष्ठ, कुसुम विक,…
काठमाडौँ : स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज (शनिबार) र भोलि (आइतबार) पोलियो थोपा खुवाइँदै छ। तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ। पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन…
धनगढी : धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ। प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्योल हट्ने देखिएको हो। प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाङ्कनसमेत गरिसकेको हुलाकी राजमार्ग…
बैतडी : बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन्। तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको…
इलाम : माइती नेपाल पशुपतिनगरले पाँच वर्षमा दलालको प्रलोभनमा परी भारत जान लागेका पाँच सयभन्दा बढीको इलामको पूर्वी सीमावर्ती नाकाबाट उद्धार गरेको छ। माइती नेपाल इलामका अनुसार सन् २०१२ देखि सन् २०१६ सम्ममा पाँच सय ५० जनाको उद्धार गरेको हो। माइती नेपालका संयोजक होम ढकालका अनुसार सन् २०१२ मा एक सय एक, सन् २०१३ मा ८८, सन् २०१४ मा…
बनियानी (झापा) : स्थानीय तहको निर्वाचन मिति घोषणासँगै झापामा चुनावी चहलपहल बढेको छ। गाउँ–घरका चिया पसलदेखि चोक–गल्लीमा सर्वसाधारण चुनावका बारेमा चर्चा परिचर्चा गर्न थालेका छन्। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै गाउँघरमा चुनावको चर्चा हुन थालेको केचना–९ का वसन्तकुमार गणेशले बताए। यो गाविस विकास निर्माणको दृष्टिले पछि परेको बताउँदै उहाँले निर्वाचनपछि स्थानीय तहमा जनप्रतिनिधि…
काँकडभिट्टा (झापा) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन्। आजबाट सुरु भएको एमालेक मेची-महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको बताए। 'एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ। निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने…
दाङ : बसभित्रै जलेर घोराहीमा एक जनाको मृत्यु भएको छ। घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराति आगलागी हुँदा बसभित्र रहेका एक जनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए। २५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन। आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको…
रत्ननगर (चितवन) : चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको चालु आव २०७३/७४ को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले चितवन लागुऔषधको ‘ट्रन्जिट प्वाइन्ट’ बनेको प्रस्टिन्छ। देशका सबै भूगोलमा सहज रुपमा…
किरण भट्टराई रसुवा : रसुवागढी–केरुङ नाकाको मितेरीपुलबाट पारितर्फ चीनको विशाल अध्यागमन कार्यालयको रौनकता र वारितर्फ नेपालमा टिनको छानोमा नेपाल प्रहरी र त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयले नेपालको अस्तव्यस्तताको प्रतिबिम्ब झल्कन्छ। गत वर्ष वैशाख १२ मा गएको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनतर्फको एक मात्रै अन्तर्राष्ट्रिय नाका रसुवागढीको अहिलेको बेहाल अवस्थाले नेपाल सरकारको अव्यवस्थित र अपरिपक्व योजनालाई पुष्टि…
काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बाग्मती सफाइ महाअभियानको १९९ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहरा नदी दोभानसम्म सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उमेश बोहराले जानकारी दिए। सफाइमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी सात…
जाकार्ता : बाढी पहिरोका कारण इन्डोनेसियाको सुमात्रा प्रान्तको पश्चिमी क्षेत्रका चार जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन्। लिमापुलुह कोटा जिल्लाको कोटो आलम गाउँमा भारी वर्षापछि आएको बाढी पहिरोले सञ्चार सेवा अवरुद्ध पारेको जिल्ला प्रकोप व्यवस्थापन निकायका अप्रेसन प्रमुख नासृयन्तोले जानकारी दिए। उनले अरु दुई जना घाइते भएको पनि बताए। 'बाढी पहिरोले आठ ओटा सवारी साधन…
रत्ननगर (चितवन) : भारतबाट अवैध रुपमा कुखुराका चल्ला आउने क्रम रोकिन सकेको छैन। पछिल्लो आठ महिनामा झन्डै डेढ लाख कुखुराका चल्ला यसरी अवैध रुपमा चितवन भित्रिएको छ। एकैपटक १८ हजारसम्म चल्ला अवैध रुपमा आएको पाइएको ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले जानकारी दिए। अघिल्लो वर्षभरिमा जम्मा ९३ हजार तीन सय ९० वटा चल्ला नष्ट गरिएकामा यो आर्थिक वर्षको आठ…
भक्तपुर : क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ। अस्पतालले बिहान ५:३० देखि साँझ ८:३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो। भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले सञ्चालन गरेको बस सेवा लिन…
राजाराम कार्की सुडान : गणतान्त्रिक दक्षिण सुडान (आरएसएस) इस्टर्न गेट गाउँका जोन बिदालको परिवारले भोकभोकै धेरै रात बिताएको छ। बिदालको परिवारले मात्र होइन सो गाउँका झन्डै चार सय परिवार अशिक्षा, भोकमरी र कुपोषणमा बाँच्न बाध्य छ। इस्टर्न गेट राजधानी जुबा नजिकको गाउँ हो। गाउँमा पिउने पानीको समस्या छ। नजिकै स्वास्थ चौकी र विद्यालय पनि छैनन्। खेतीपाती गर्न बीउ छैन।…
भक्तपुर : नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ। अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए। अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले युवतीको हत्या गरी शव त्यस स्थानमा…
बैतडी : मजदूरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन्। बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिए। 'बुधबार भारतबाट मजदूरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा हामफालेको हो', उनले भने, 'भारत उत्तराखण्ड निङपातली भन्ने ठाउँमा शव फेला परेको हो।' भारतमा…
लिबाङ (रोल्पा) : रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना ३ त ६९८८ नंको ट्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी…
काठमाडौँ : कालीमाटीस्थित फलफूल तथा तरकारी बजार आज बन्द गरिएको छ। पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द भएको हो। कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ। २०६८ मा भएको सो घटनाबाट…