PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

इलामको पूर्वी सीमावर्ती नाकाबाट पाँच वर्षमा पाँच सय युवतीको उद्धार



रासस

इलामको पूर्वी सीमावर्ती नाकाबाट पाँच वर्षमा पाँच सय युवतीको उद्धार

इलाम : माइती नेपाल पशुपतिनगरले पाँच वर्षमा दलालको प्रलोभनमा परी भारत जान लागेका पाँच सयभन्दा बढीको इलामको पूर्वी सीमावर्ती नाकाबाट उद्धार गरेको छ।
 
माइती नेपाल इलामका अनुसार सन् २०१२ देखि सन् २०१६ सम्ममा पाँच सय ५० जनाको उद्धार गरेको हो। माइती नेपालका संयोजक होम ढकालका अनुसार सन् २०१२ मा एक सय एक, सन् २०१३ मा ८८, सन् २०१४ मा सय, सन् २०१५ मा ९१ र सन् २०१६ मा १७० जनाको उद्धार गरिएको हो। नाकाबाट उद्धार गरिएकामा १६ देखि २५ वर्ष उमेर समूहका युवती रहेको जनाएको छ। 
 
नाकाबाट उद्धार गरिएका धेरैजसो अविवाहित, मावि र क्याम्पसमा अध्ययनरत युवती रहेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ। भूकम्प, बेरोजगारी, पढाइमा असफलतालगायतका कारणले मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको संयोजक ढकालको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell