PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बसमा आगजनी, जलेर एक जनाको मृत्यु



रासस

दाङ : बसभित्रै जलेर घोराहीमा एक जनाको मृत्यु भएको छ।
 
घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराति आगलागी हुँदा बसभित्र रहेका एक जनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए। २५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन।
 
आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ। उनको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ।
 
पार्किङ गरेको बसमा कसरी आगो लाग्न पुग्यो र मृतक को हुन् भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरी उपरीक्षक सिंहले बताए। आगो लागेको बस घोराही–११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell