PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

पत्रकार महासङ्घ बर्दिया शाखाको अध्यक्षमा धिताल



रासस

गुलरिया (बर्दिया) : नेपाल पत्रकार महासङ्घ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
 
अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन भएका छन्। यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुङ्गाना, शीतल थापा, दुर्गा आचार्य, दीपक श्रेष्ठ, कुसुम विक, ताराबहादुर सुनार, भीमउचै ठकुरी र सन्दीपकुमार वैश्य चयन भएका छन्।
 
अधिवेशनले केन्द्रीय सभासद्‍मा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), विनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशीला गिरी र गीता अधिकारी चयन गरेको निर्वाचन समितिका सदस्य सुभाष पोख्रेलले जनकारी दिए।
 
यस्तै प्रदेश सभासद्‍मा कमल पन्थी, यज्ञ नेपाल, हरिवंश पाण्डे, मङ्गलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योति पन्थी, विवेकराज भण्डारी, सञ्जय आचार्य र दिनेश यादव चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell