PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • नेतृत्व तहमा महिला हुनु सुखद संयोग तर निरन्तरतामा चुनौती : राष्ट्रपति भण्डारी

    नेतृत्व तहमा महिला हुनु सुखद संयोग तर निरन्तरतामा चुनौती : राष्ट्रपति भण्डारी

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताएकी छिन्।   महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको विशेष समारोहमा उनले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्नेमा जोड दिइन्।   'नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा रोकिएन हात्ती आतङ्क

    चन्द्रौटा (कपिलवस्तु) : हातीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित भएका छन्।   कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले यहाँका गुगौली, शिवगढी, गणेशपुरी, खुरुहुरिया, भगवानपुरलगायत गाविसका बासिन्दा त्रसित बनेका हुन्। हात्तीले गाउँ नजिकै आएर कराउने, किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका करण स्थानीय बासिन्दा त्रसित भएको गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवले जानकारी दिइन्।   यादवका अनुसार जङ्गलको छेउमा गरिएको तारबारसमेत तोडेर…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    धनगढी : कैलालीको भजनी त्रिशक्ति नगरपालिका–७ टेकीपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ।   दुर्घटनामा परी बाजुरा घर भई इप्रका भजनीमा कार्यरत २७ वर्षीय अशोककुमार शाही र टीकापुरका २७ वर्षीय हिरासिंह ठकुरीको मृत्यु भएको इप्रका भजनीका प्रहरी निरीक्षक हिरासिं महराले बताए। मृतकहरु काका–भतिजा भएको बताइएको छ।   शाहीले चलाएको से ४ प ७१६५ नं को…

    विस्तृतमा पढ्नुस्

  • ​विवाह गर्न नपाएको झोँकमा जोडी किशोर-किशोरीद्वारा आत्महत्या

    बर्दिया : विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन्।  बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले आज घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए। घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाका कार्यकर्ता मृत्युको विरोधमा बिहानैदेखि सप्तरी बन्द

    राजविराज : प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरी जिल्ला पूर्णरुपमा बन्द भएको छ।  बन्दका कारण यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था बन्द भएका छन्। आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै हिँडेको पाइएको…

    विस्तृतमा पढ्नुस्

  • ​कपिलवस्तुमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    कपिलवस्तु : चन्द्रौटा–कृष्णनगर सडकखण्डको घोरही नजिक ट्याक्टर दुर्घटनामा परी सोमबार दिउँसो दुईजनाको मृत्यु भएको छ।  दुर्घटनामा परी लु १ त ५४०३ नम्बरको ट्याक्टरमा सवार कृष्णनगर नगरपालिका–३ छिटौनीका १९ वर्षीय सन्तोष यादव र कृष्णनगर नगरपालिका–१ का सेमराका ४६ वर्षीय साहु मनिहार रहेको प्रहरीले जनाएको छ।  मृतक दुवैजनाको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगन्जमा राखिएको प्रहरीले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • ​अनुसन्धान विभागका कर्मचारी बनेर अपहरणको प्रयास गर्ने चार जना पक्राउ

    विदुर : दुईपिपल–७ महादेवखर्क घर भएर दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ।  निर्माणाधीन घरका लागि महादेवखर्कबाट दुईवटा मिनीट्रकमा काठ लिएर आउँदै गर्दा सोमबार बिहान चेपिनेबाट अपहरण गरी रु १५ लाख फिरौती माग्ने प्रयास गरेका दुईपिपलका सन्तबहादुर तामाङ, कृष्णराज श्रेष्ठ, मकवानपुर टिस्टुङका वाङ लामा र सूर्यबहादुर स्याङताङलाई नियन्त्रणमा लिइएको नुवाकोट…

    विस्तृतमा पढ्नुस्

  • ​भारतले दशगजामा बनायो पक्की संरचना, अन्तर्राष्ट्रिय मान्यता उल्लङ्घन

    ​भारतले दशगजामा बनायो पक्की संरचना, अन्तर्राष्ट्रिय मान्यता उल्लङ्घन

    पथरी : विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ।  भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ। रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो।  यसअघि विराटनगर भन्सार कार्यालयको पर्खालको झन्डै २२ फिट पश्चिमतर्फ रहेको अस्थायी…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीमा देखिएको समस्या समाधानका लागि सरकारले बनायो कार्यदल

    काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरेको छ। वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको उच्चस्तरीय बैठकले गृहकार्य कार्यदल गठन गरेको छ।   बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेको प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा लागुऔषध कारोबारी सलबलाए, एक क्विन्टल चरेस बरामद

    चितवन : चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।   जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ९९ किलो चरेस बरामद गरेको जानकारी दिएको छ।   प्रहरीले चरेससँगै गाडीका चालक भारत कठियामठिया–७ का ३७ वर्षीय सुधन साह र रक्सौल कोइरिया टोल–६ का २५ वर्षीय आदित्य साहलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • वैज्ञानिक खोजमा नेपालीको सफलता, पत्ता लाग्यो क्षुद्रग्रह

    काठमाडौं : गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छ वटा क्षुद्रग्रह पत्ता लागेका छन्।   अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौंका र एक टोली पोखराका भएको बताइएको छ।   अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले खिचेका तस्बिर तथा आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा मिनीट्रक दुर्घटना, एकको मृत्यु, तीन गम्भीर घाइते

    नुवाकोटमा मिनीट्रक दुर्घटना, एकको मृत्यु, तीन गम्भीर घाइते

    विदुर : नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   दुर्घटनामा परी चालकसहित पाँचजना घाइते भएका छन्। निर्माण सामग्री पुर्‍याएर फर्कने क्रममा सोमबार राति थप्रेक–६ कुलकुलेमा मिनीट्रक दुर्घटना हुँदा स्थानीय गणेशप्रसाद खतिवडाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।   दुर्घटनामा परी गम्भीर घाइते भएका १६ वर्षका खतिवडालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नुवाकोट…

    विस्तृतमा पढ्नुस्

  • इलाममा तीन सय ३० सौर्य सडकबत्ती जडान गरिने

    इलाममा तीन सय ३० सौर्य सडकबत्ती जडान गरिने

    इलाम : इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ।   इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३० वटा सडकबत्ती जडान गर्ने भएको छ। यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले बताए।   सहरी विकास तथा भवन निर्माण…

    विस्तृतमा पढ्नुस्

  • मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड खुलाउन काम सुरु

    बागलुङ : सुख्खा पहिराका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड पुनःसञ्चालन गर्न काम सुरु भएको छ।   रिघा– ७ मनेवापाटामा आइतबार बिहान गएको पहिराले रोकिएको सडक खुल्न अझै तीन दिन लाग्ने जनाइएको छ। सोमबारदेखि ‘स्काभेटर’ लगाएर पहिरो हटाउन सुरु गरिएको लोकमार्गका इ राजु रानाभाटले जानकारी दिए।   दुई सय मिटर फराकिलो र एक सय ५० मि माथिबाट खसेको पहिरो हटाउन…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीमाथि आक्रमण गरेको विरोधमा सोलुखुम्बुका कार्यालयको कामकाज ठप्प

    सल्लेरी (सोलुखुम्बु) : स्थानीय विकास अधिकारी कृष्ण सापकोटा र लेखा अधिकृत युवराज राईमाथि सोमबार साङ्घातिक आक्रमण भएपछि विरोधस्वरुप जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज ठप्प पारिएको छ।  मदिरा सेवन गरी गुण्डागर्दी शैलीमा आएको एक समूहले विनाकारण कर्मचारीको कार्यकक्षमा हातपात भएको जनाउँदै सम्पूर्ण कर्मचारीले दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्ने मागसहित कलम बन्द गरेका हुन्।  कामकाज ठप्प हुँदा सेवाग्राही भने मारमा परेका छन्। घट्नामा संलग्न…

    विस्तृतमा पढ्नुस्

  • अब ४० वर्षभन्दा माथिकालाई ‘युवा’ भन्न नपाइने

    अब ४० वर्षभन्दा माथिकालाई ‘युवा’ भन्न नपाइने

    काठमाडौँ : सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा'बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ।   युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो। मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याई राष्ट्रिय विकासको मूल प्रवाहमा एकीकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा परिषद् ऐन, २७२…

    विस्तृतमा पढ्नुस्

  • विद्युत चोरीमा प्रयोग लाखौँ मूल्य बराबरका उपकरण बरामद

    भद्रपुर : नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको छ।   भद्रपुर वितरण केन्द्रबाट खटिएका कर्मचारीले सोमबार झापाको हल्दिबारी गाविस–६ र ७ मा अङ्कुश लगाएर र मिटर बक्स छलेर विद्युत् प्रयोग गर्दै आएका घरबाट लाखौँ मूल्य बराबरको विद्युतीय उपकरण बरामद गरेको थियो।   केन्द्रलाई आएको विशेष सूचनाको आधारमा कर्मचारीले देवलाल गणेशको घरबाट एलइडी टिभी…

    विस्तृतमा पढ्नुस्

  • मधेसमा भएको घटना अत्यन्तै दुःखदायी : प्रधानमन्त्री

    मधेसमा भएको घटना अत्यन्तै दुःखदायी : प्रधानमन्त्री

    चरिकोट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताएका छन्।   दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाए।   साथै, उनले मधेसको समस्या समाधानका लागि आजै…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेका भूकम्पपीडितले दोस्रो किस्ताको रकम पाएनन्

    बनेपा : काभ्रेपलाञ्चोकमा पुनःनिर्माणको काम गरिरहेका भूकम्पपीडितले दोस्रो किस्ता बापतको रकम नपाउँदा सास्ती खेप्नुपरेको छ। 'पुनःनिर्माणका लागि काम गरिरहेका छौँ तर सरकारले दिने भनेको किस्ता समयमै नपाउँदा सास्ती खेपेका छौँ,' बल्थली–६ का सुकराम तामाङले भने। उनले पुनःनिर्माणका लागि अविलम्ब दोस्रो किस्ता बापतको रकम वितरण गर्न आग्रह गर्दै भने– 'जिल्लाका अधिकांश गाविसमा पुनः निर्माणको काम सुरु भए पनि पर्याप्त बजेट नहुँदा…

    विस्तृतमा पढ्नुस्

  • ​सप्तरी आज पनि तनावग्रस्त, सरकारी कार्यालयमा ढुंगामुढा

    ​सप्तरी आज पनि तनावग्रस्त, सरकारी कार्यालयमा ढुंगामुढा

    राजविराज (सप्तरी) : नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत प्रदेश नम्बर २ सप्तरीमा प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको विरोधमा आज सप्तरीको राजविराजलगायत अन्य सहरी तथा ग्रामीण क्षेत्र तनावग्रस्त रहेको छ ।  मधेसी मोर्चाका कार्यकर्ताको आनदोलनका कारण आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन एवम् विरोधका कार्यक्रमले गर्दा जनजीवन असामान्य रह्यो । बन्दका कारण शिक्षण संस्था, यातायात, कलकारखाना, उद्योग तथा बजार पूर्णरुपमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell