
धनगढी : कैलालीको भजनी त्रिशक्ति नगरपालिका–७ टेकीपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी बाजुरा घर भई इप्रका भजनीमा कार्यरत २७ वर्षीय अशोककुमार शाही र टीकापुरका २७ वर्षीय हिरासिंह ठकुरीको मृत्यु भएको इप्रका भजनीका प्रहरी निरीक्षक हिरासिं महराले बताए। मृतकहरु काका–भतिजा भएको बताइएको छ।
शाहीले चलाएको से ४ प ७१६५ नं को मोटरसाइकल सडक छेउको खम्बासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।