PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

मधेसमा भएको घटना अत्यन्तै दुःखदायी : प्रधानमन्त्री



रासस

मधेसमा भएको घटना अत्यन्तै दुःखदायी : प्रधानमन्त्री

चरिकोट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताएका छन्।
 
दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाए।
 
साथै, उनले मधेसको समस्या समाधानका लागि आजै मधेसी दलसँग छलफल गर्ने पनि जानकारी दिए। प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा जुट्नसमेत सबैसँग आग्रह गरे र भने, 'मन्त्रिपरिषद्को बैठक बोलाएर मधेसका समस्याको समाधान खोज्ने पहल गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell