कपिलवस्तु : चन्द्रौटा–कृष्णनगर सडकखण्डको घोरही नजिक ट्याक्टर दुर्घटनामा परी सोमबार दिउँसो दुईजनाको मृत्यु भएको छ।
दुर्घटनामा परी लु १ त ५४०३ नम्बरको ट्याक्टरमा सवार कृष्णनगर नगरपालिका–३ छिटौनीका १९ वर्षीय सन्तोष यादव र कृष्णनगर नगरपालिका–१ का सेमराका ४६ वर्षीय साहु मनिहार रहेको प्रहरीले जनाएको छ।
मृतक दुवैजनाको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगन्जमा राखिएको प्रहरीले जनाएको छ।