PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नेतृत्व तहमा महिला हुनु सुखद संयोग तर निरन्तरतामा चुनौती : राष्ट्रपति भण्डारी



रासस

नेतृत्व तहमा महिला हुनु सुखद संयोग तर निरन्तरतामा चुनौती : राष्ट्रपति भण्डारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताएकी छिन्।
 
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको विशेष समारोहमा उनले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्नेमा जोड दिइन्।
 
'नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि सोचअनुरुप उपलब्धि हासिल हुन सकेको छैन,' उनले भनिन्, 'नेपालमा राज्यको तीन प्रमुख निकायमा महिला हुनु इतिहासको सुखद संयोग भए पनि यसलाई निरन्तरता दिने विषयमा चुनौती छ।'
 
नेपालको संविधानले महिलाको आर्थिक अधिकारलाई समेत सुनिश्चित गरेको र सरकारले विकासको वृद्धि विकासका कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्नु महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो।
 
सरकारले साहसिक नेपाली नारी योगमायाको नाममा आयुर्वेदिक विश्वविद्यालय खोल्ने तयारी गर्नु, मङ्गलबारदेखि कपिलवस्तुमा सुरु भएको राष्ट्रपति उत्थान कार्यक्रमजस्ता अभियानले पनि महिलाको सम्मान गरेको आफूले अनुभव गरेको उनले बताइन्। स्थानीय निकायको निर्वाचन नहुँदा र आर्थिक पहुँचमा नहुँदा महिला पछि परेकाले महिलाले उत्पादनमूलक काममा ध्यान दिनुपर्नेमा उनको जोड थियो।
 
सो अवसरमा प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकमा समानरुपमा अगाडि बढाउनुपर्ने र त्यसका लागि संविधानले दिएको हकअधिकारको प्रयोग गर्नुपर्ने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell