PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • यातायात सञ्चालन गर्न सेना र प्रहरी परिचालन

    लमजुङ (बेँसीसहर) : हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ।  सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिए।  जिल्ला सुरक्षा समितिको बैठक बसी यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो। बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङ्सारसम्म सडक पूरै…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सेली खाना महोत्सव मङ्गलबार

    काठमाडौँ : नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले फ्रान्स र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको र नेपालको सामाजिक एवम् आर्थिक विकासमा सक्दो सहयोग गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।  मङ्गलबार नेपाललगायत विश्वका सबै मुलुकमा आयोजना हुने फ्रान्सेली खाना महोत्सव (गु द फ्रान्स) बारे जानकारी दिन आज आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले गु द फ्रान्सका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सिरहामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना ७ ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासी ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  बिहान ५…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा एक युवाको मृत्यु

    धुलिखेल : काभ्रेको पनौती नगरपालिका–१० मा आज बिहान ४ बजे एक युवाको मुत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले रातिदेखि नै रक्सी खाएर तास खेलिरहेको अवस्थामा आपसमा झगडा हुँदा मुत्यु भएको हुन सक्ने बताए।  मुत्यु हुनेमा काभ्रे जिल्लाको डाँडापारिस्थित गोकुले–४ का सोमबहादुर घलान रहेको बताइएको छ। तास खेल्दै जाँड खाएर आपसमा झगडा भएर मुत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • साढे चार किलो गाँजासहित एक पक्राउ

    साढे चार किलो गाँजासहित एक पक्राउ

    रसुवा : गोसाइँकुण्ड जाने धार्मिक मार्गमा सञ्चालित होटलबाट नेपाल प्रहरीले गाँजासहित एक व्यक्तिलाई शनिबार पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक धु्रवप्रसाद सिलवालका अनुसार पक्राउ पर्नेमा धुन्चे–९ हाल गोसाइँकुण्ड गाउँपालिका–६ का ३९ वर्षीय सोनामछिरिङ तामाङ रहेका छन्।  आफैँले सञ्चालन गर्दै आएको साप्ते भन्ने स्थानको होटलबाट साढे चार किलो गाँजासहित तामाङलाई पक्राउ गरेको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • चर्को भाडादरले म्याग्दीका सर्वसाधारण मर्कामा

    बाबियाचौर (म्याग्दी) : सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–१४ मा पर्ने डाँडाखेत जोड्ने सडकमा चल्ने माइक्रोबसमा यात्रा गर्दा प्रतिव्यक्ति रु १३० भाडा तिर्नुपर्छ।  बेनीदेखि तीन किमी दूरीमा रहेको बेनी–अर्थुङ्गे सडकमा प्रतियात्रु १०० रुपैयाँ र सात किमी दूरीमा पर्ने पुलाचौर पुग्न  १५० रुपैयाँका दरले भाडा तिर्नुपर्छ। डाँडाखेत, अर्थुङ्गे र पुलाचौरमात्र होइन बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रा गर्दा यस्तै…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षासँगै परेको चट्याङका कारण १० जना घाइते

    फलेवास (पर्वत) :  चट्याङ लागेर फलेवास खानीगाउँमा गएराति १० जना घाइते भएका छन्। खानीगाउँ गाविसमा अविरल वर्षासँगै परेको चट्याङले वडा नं ३, ४, ५ र ६ का १० जान घाइते भएका हुन्।   घाइतेको फलेवासमै रहेको धुलिखेल अस्पताल खानीगाउँमा उपचार भइरहेको छ। घाइतेको खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चट्याङले पोलेको अस्पताल प्रमुख प्रशान्त गुप्ताले जानकारी दिए। उनका अनुसार केहीको…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    लहान :  सिरहाका दुई स्थानमा छुट्टाछुट्टै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका¬–७ मैनावती पुल नजिकै स७प १२४९ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार सिरहा नगरपालिका–७ निवासी ३५ वर्षीय डोमा महराको मृत्यु भएको प्रहरीले जनाएको छ।   दुर्घटनामा गम्भीर घाइते भएका महराको उपचारका क्रममा लहानस्थित अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • पिकअप भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

    पिकअप भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

    दमक : पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ।  गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।  ठक्करबाट सख्त घाइते भएकी वृद्धाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका दमकका प्रहरी निरीक्षक मिलन…

    विस्तृतमा पढ्नुस्

  • बन्दका कारण लोकसेवा आयोगका परीक्षार्थी मारमा

    लहान : नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज सिरहाको लहानमा हुन लागेको लोकसेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरु मारमा परेका छन्।  भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको विरोधमा सो पार्टीले आह्वान गरेको बन्दका कारण यातायातका साधन नचल्दा लोकसेवा आयोगले लिन लागेको नायब सुब्बा पदको लिखित परीक्षामा सहभागीहरु मारमा परेका हुन्।  लामो तथा छोटो दूरीका…

    विस्तृतमा पढ्नुस्

  • कालोबजारी गर्ने पम्प सञ्चालक पक्राउ

    कालोबजारी गर्ने पम्प सञ्चालक पक्राउ

    महोत्तरी : पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर खुलेआम कालोबजारी गर्ने एक जना पेट्राल पम्पका सञ्चालकलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा उमेश आयल स्टोर्स गौशाला–१ का सञ्चालक ३७ वर्षीय अमरेशकुमार शाह रहेका छन्। आज बिहान पाँच वटा ड्रममा भरिभराउ डिजेल ज १ त १०९० नं को ट्रयाक्टरमा लोड गरी गौशाला बजारस्थित राधाकृष्ण किराना पसलमा ल्याइरहेको समयमा प्रहरीले पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य ढिलाइ

    फलेवास (पर्वत) : आगामी मङ्सिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन।  २०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दाबी गरेका थिए। तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु

    करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु

    बनेपा : काभ्रेपलाञ्चोकको पनौती–८ मा आज एक किशोरको करेन्ट लागेर मृत्यु भएको छ।  पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्तोष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।  बल खेलिरहेका थापा बल लिन छतमा गएको अवस्थामा छतमाथिबाट गएको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • तीन तलामाथिको झ्यालबाट खसेर युवतीको मृत्यु

    तीन तलामाथिको झ्यालबाट खसेर युवतीको मृत्यु

    भक्तपुर : सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा झ्यालबाट खसेर एक युवतीको मृत्यु भएको छ।  घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्ने क्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए।  झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा लगिएकामा उपचारकै क्रममा आज मृत्यु भएको उनले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • दोलखामा पुलबाट खसेर वृद्धको मृत्यु

    दोलखा (जिरी) : काठे पुलबाट खसेर दोलखाको जिरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिरी नगरपालिका–२ रासेका ६० वर्षीय नाम्गेल शेर्पा रहेका छन्।  इलाका प्रहरी कार्यालय जिरीका अनुसार शेर्पा हिजो दिउँसो जिरीबाट बसमा घर फर्केका थिए। बसबाट ओर्लेर आफ्नो घर जाने क्रममा घर नजिकै रहेको काठेपुलबाट खसेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जानकारी दिए।  कार्कीका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

    रत्ननगर (चितवन) : चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।  भरतपुर उपमहानगरपालिका–१२ स्थित आस्थाचोकमा ग ९ प ५६८२ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  यसरी मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका–९ बस्ने ८८ वर्षीय ठाकुरप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • मोर्चाका कार्यकर्ताले गरे बसमा आगजनी

    राजविराज : बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन्।  रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्यकर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी हो। यात्रुलाई भने केही नभएको बुझिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • काभ्रेका भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण सुरु

    काभ्रेका भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण सुरु

    बनेपा : काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण आजदेखि सुरु भएको छ।  प्रथम किस्ता वितरण भएको जिल्लाको रविओपी गाविसबाट आज काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले रविओपी गाविस–४ का होमनाथ कोइरालासहित करिब १० जनालाई दोस्रो किस्ताबापतको अनुदान सम्झौता हस्तान्तरण गरे। सो सम्झौतापछि उनीहरुले एक लाख ५० हजार पाउने छन्।  सो अवसरमा बोल्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले सरकारको राजस्व…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक लोभ्याउन गाउँलेले निर्माण गरे लसुन स्तम्भ

    पर्यटक लोभ्याउन गाउँलेले निर्माण गरे लसुन स्तम्भ

    तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन्।  पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले नौ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन्।  स्थानीयवासीका अनुसार बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीमा महिलाको शव फेला

    मेलम्ची : सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ ज्यामिरेबाट गत फागुन १९ गतेदेखि सम्पर्कविहीन भएकी ४० वर्षीया गोपिनी नेपालीको शव आज फेला परेको छ।  मेलम्ची नपा–१३ स्थित अँधेरी खोलामा स्थानीयवासी घाँस दाउरा गर्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाप्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेका प्रहरी टोली र आफन्तले दुर्गन्धित अवस्थाको उक्त शव गोपिनी नेपालीकै भएको पुष्टि गरेका छन्।  इप्रका, मेलम्चीका प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell