PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

मेलम्चीमा महिलाको शव फेला



रासस

मेलम्ची : सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ ज्यामिरेबाट गत फागुन १९ गतेदेखि सम्पर्कविहीन भएकी ४० वर्षीया गोपिनी नेपालीको शव आज फेला परेको छ। 

मेलम्ची नपा–१३ स्थित अँधेरी खोलामा स्थानीयवासी घाँस दाउरा गर्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाप्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेका प्रहरी टोली र आफन्तले दुर्गन्धित अवस्थाको उक्त शव गोपिनी नेपालीकै भएको पुष्टि गरेका छन्। 

इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले शव परीक्षणका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell