PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

तीन तलामाथिको झ्यालबाट खसेर युवतीको मृत्यु



रासस

तीन तलामाथिको झ्यालबाट खसेर युवतीको मृत्यु

भक्तपुर : सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा झ्यालबाट खसेर एक युवतीको मृत्यु भएको छ। 

घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्ने क्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए। 

झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा लगिएकामा उपचारकै क्रममा आज मृत्यु भएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell