भक्तपुर : यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ। कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा सुरु गरी सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दै आएको थियो। आजदेखि नयाँ लाइसेन्सका लागि दरखास्त लिन सुरु गरिएको बताउँदै कार्यालय प्रमुख अनोज घिमिरेले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा…
लमजुङ (बेसीसहर) : मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ। सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठक बसी जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा…
बैतडी : भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन्। सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरामा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। भारत,…
भोजपुर : भोजपुर जिल्लामा स्थानीय तह आजैदेखि कार्यान्वयन हुने भएको छ। स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ बारे सोमबार सर्वपक्षीय छलफलपछि आजदेखि स्थानीय तह कार्यन्वयनमा ल्याइने भएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिए। सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर स्थानीय तह कार्यान्वयनमा ल्याए पनि भोजपुरमा आजदेखि काम थालिएको हो। भोजपुर जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका…
वालिङ : स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई सोमबार मिर्मीका स्थानीयवासीले थुनेका छन्। सोमबार जिल्लाको मिर्मीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन्। कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो। कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी…
बर्दिवास : महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती क्षेत्रका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा देखिएका छन्। पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा पर्ने जिल्लाको वन क्षेत्रमा दिनहुँ डढेलो लाग्ने क्रम बढेपछि वन क्षेत्रसँग जोडिएका बस्तीमा जोखिम बढेको हो। दिनहुँ डढेलो लागेको देखिने जिल्लाका बाँके, मरहा, टुटेश्वर र माइस्थान वनक्षेत्रसँगै जोडिएका बर्दिवास नगरपालिकाका भब्सी, ढुङ्ग्रे, गणन्ता, वरडाँडा, टुटेश्वर, चेरु र हालै यसै नगरपालिकामा गाभिएका…
जुम्ला : यहाँको ताम्ती गाविस टोप्लास्थित अस्थायी प्रहरी चौकीका प्रहरीलाई फोन सम्पर्कका लागि तीन घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क नसकिएको स्थानीयवासी बताउँछन्। गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज माध्यम नहुँदा ४ घन्टाको पैदल बाटो हिँडेर कुडारी गाविसमा पुगेपछि…
मलेखु (धादिङ) : 'गए सालको भूकम्प आउँदा घर नजिकैको स्वास्थ्यकेन्द्रमा गएका थियौँ। ठूलो भुइँचालो आयो, भुइँ हल्लियो। वरिपरिका घर लडे। हतारहतार घर आइपुग्दा आफ्नो घर पनि लडेछ। हामी घरअगाडि त्रिपाल हालेर बस्यौँ। यो नातिनी भने लडेर घर हेरी बस्ने र आकाशतिर हेरी टोलाउने गर्न थाली।' सल्यानटार गाविस–७ बोक्सो गाउँकी धनकुमारी कुमाल यति भनिसक्दा गम्भीर देखिइन्। उनकी छ वर्षीया नातिनी…
काठमाडौँ : सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ। मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन…
नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा आज भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली–३ कैउरेनी बस्ने ३५ वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४३६४ नंको बसले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बाटो काट्ने क्रममा बसको ठक्करबाट घाइते दर्लामीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बताइएको छ।
तिलोत्तमा (रुपन्देही) : पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। लु ९ प ४४८८ नंको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोबसले सैनामैना– २ झारगैरामा ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय नारायण खनाल र उनकी ३२ वर्षीया श्रीमती कमलाको ज्यान गएको प्रहरीले जनाएको छ। सोही माइक्रोबसले…
काठमाडौँ : व्यवस्थापिका–संसद्ले कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ बहुमतले पारित गरेको छ। त्यसअघि बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले विधेयकले दर्ता भए पनि सञ्चालन हुन नसकेका कम्पनीलाई खारेज गर्ने व्यवस्था गरेको बताए। अनलाइन…
कलैया : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता सङ्ख्यामा ४० हजार ५११ मतदाता वृद्धि हुनुका साथै ५१ जना तेस्स्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराबाट थाहा भएको छ। बारा जिल्लाको छवटा निर्वाचन क्षेत्रमा दुई वटा उपमहानगरपालिका, चार वटा नगरपालिका र नौ वटा गाउँपालिकामा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुरुष एक लाख ८६…
भीमदत्तनगर : प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ। ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा मुडा बजार क्षेत्रमा बाजुरा रुगिन–४ बस्ने वर्ष ३७ को बिर्ष कार्कीलाई खान तलासी गर्दा निजले बोकेको झोलामा उक्त परिणाममा अफिम भेटिएको ब्युरोले जनाएको छ। प्रहरीले…
जुम्ला : वर्षौँदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँका स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन्। विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति र यहाँका दलसँग पटकपटक धाए, तथापि सडक खोल्ने उनीहरुको प्रयास सफल हुन सकेन। लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर दुरी मात्र छ, तर त्यही बाम्नेमाडु जान हामीले १२ हजार मिटर हिँड्नु…
धनगढी : धनगढी उपमहानगरपालिकाको मनहेरा सडकखण्डमा गएराति बस र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गएराति फूलबारीबाट धनगढीतर्फ आउँदै गरेको जन्ती बोकेको बा ३ ख १६३३ नंको बस र विपरीत दिशातर्फ गइरहेको से ४ प ७१३७ नंको मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी…
सप्तरी : प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ताको हत्या भएको विरोधमा आज सप्तरीमा मधेसी मोर्चाको कार्यकर्ताले हिन्दूको महान् पर्व होली पर्व बहिष्कार गरेका छन्। उनीहरुले होली बहिष्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केश मुण्डनसमेत गरेका छन्। राष्ट्रिय मेधस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैले नमनाउन आह्वान गरिएको बताए। जसका कारण राजविराज भर्दर, कञ्चनपुर,…
इनरुवा : सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन्। गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली भूमिमा हरिपुर गाविस–९ का चार युवालाई एसएसबीले गोली हानेर घाइते बनाएको थियो। घटनाको वर्ष बित्दासमेत क्षतिपूर्ति र उपचार खर्च पाउन नसकेको गुनासो…
काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ। सङ्घीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्नका लागि ३९० जना कर्मचारी माग गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले जानकारी गराए। उनले अहिले भएका कर्मचारीले कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्न नपुग भएकाले सामान्यसँग…
हुम्ला : हुम्ला जिल्लामा दुई फिट हिमपात भएको छ। गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ। सदरमुकाम सिमिकोटमा अत्यधिक चिसो बढेको छ। जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी आगो बालेर बसिरहेका छन्। जाडो बढेपछि ती कार्यालयको कामकाजसमेत प्रभावित भएको छ। उत्तरी भेगका बासिन्दा उपभोग्य सामग्री र नागरिकता लिन सिमिकोट आउन सकेका छैनन्। हिमपातका कारण बाटो अवरुद्ध भएको डाँडाफायास्थित…