PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते



रासस

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

धनगढी : धनगढी उपमहानगरपालिकाको मनहेरा सडकखण्डमा गएराति बस र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

गएराति फूलबारीबाट धनगढीतर्फ आउँदै गरेको जन्ती बोकेको बा ३ ख १६३३ नंको बस र विपरीत दिशातर्फ गइरहेको से ४ प ७१३७ नंको मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिकाका दीपेन्द्र बुढाको मृत्यु भएको हो। 

घटनामा सोही मोटरसाइकलको पछाडि सवार धनगढीकै लोकेश थापा गम्भीर घाइते भएका छन्। थापालाई सेती अञ्चल अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको छ। 

जन्ती बोकेको बसलाई चालक विवेक सिंहसहित नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell