PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, दुई घाइते



रासस

रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

तिलोत्तमा (रुपन्देही) : पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा दुई जना घाइते भएका छन्। लु ९ प ४४८८ नंको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोबसले सैनामैना– २ झारगैरामा ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय नारायण खनाल र उनकी ३२ वर्षीया श्रीमती कमलाको ज्यान गएको प्रहरीले जनाएको छ। 

सोही माइक्रोबसले एक साइकललाई समेत ठक्कर दिँदा दुई जना घाइते भएका छन्। ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उहाँकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ। 

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बाटो मोड्ने क्रममा माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने माइक्रो बस प्रहरीको नियन्त्रणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell