काठमाडौँ : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा देखिएका समस्याका समाधानका लागि २३ औँ राष्ट्रिय वार्डेन सम्मेलन सुरु भएको छ। मुलुक सङ्घीयतामा गएसँगै संरक्षित क्षेत्रलाई कुन मोडलमा लैजाने भन्नेबारे बिहीबारदेखि मकालु बरुण राष्ट्रिय निकुञ्जमा सम्मेलन सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण शिक्षा अधिकृत भोजराज पन्थले जानकारी दिए। सम्मेलनमा संरक्षण क्षेत्रमा देखिएको जल्दोबल्दो समस्या, वन्यजन्तुको संरक्षणमा वार्डेनले…
सल्यान : रुकुमको मुरु गाविस– २ मा ट्याक्टर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा १९ वर्षीय भीमबहादुर सिपाइली रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका सिपाइलीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सल्यान खलङ्गाबाट श्रीनगर जाँदै गरेको रा १ त १८८९ नं को ट्याक्टर बिहीबार बेलुकी खलङ्गा नजिकै दुर्घंटना…
रोल्पा : गाउँपालिका कार्यालय उद्घाटन गर्न भनी रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा आजै बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए। कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२/१५ जनाको समूहले…
रुपन्देही (तिलोत्तमा) : बुटवलमा वृहत शैक्षिक मेला सुरु भएको छ। विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आजदेखि सो मेला सुरु भएको हो। वान अप प्रालि काठमाडौँको आयोजनामा मेला आयोजना गरिएको हो। सो मेलामा देशका २५ वटा प्रतिष्ठित कन्सलटेन्सी, ४१ वटा कक्ष रहने आयोजक वान अप प्रालिका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिए। यसअघि काठमाडौँ, पोखरा, चितवनमा समेत यस्ता…
रसुवा : निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न रसुवाका बासिन्दाले माग गरेका छन्। निर्माण कार्यलाई तीव्रता दिन समुदायस्तरको समिति समेत गठन भएको छ। सो आयोजना प्रभावित क्षेत्रका बासिन्दा रामबहादुर तामाङका अनुसार निर्माण कार्यमा आइपर्ने बाधा अड्चन हटाई छिटो आयोजना सम्पन्न गराउन सहयोग गर्न तथा स्थानीय बासिन्दाले पाउने सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउन दबाब दिन सङ्घर्ष तथा अनुगमन समिति…
रुकुम : सोलाबाङबाट सामान लिएर आठबिसकोट नगरपालिकाको राडी बजारतर्फ गइरहेको ट्याक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ। आठविस–९ मा रा १ त १६९० नंको ट्याक्टरबाट खसेर मग्मा गाविसका १८ वर्षीय लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
बनेपा : स्थानीय निकायको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदान केन्द्र कायम भएको छ। प्रजिअ शिवप्रसाद सिंखडाको संयोजकत्वमा आज धुलिखेलमा बसेको मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ। 'विगतका निर्वाचनको मतदान केन्द्रलाई आधार मानेर नै मतदान केन्द्र कायम गरेका हौँ', जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले भने। उनका अनुसार जिल्लामा चार…
फलेवास : नजिक पानीको स्रोत नहुँदा पर्वतका विभिन्न गाविसका भूकम्पपीडित समस्यामा परेका छन्। पिउने पानीको समेत अभाव भएपछि भूकम्पले घर भत्किएकालाई पुनर्निर्माणमा समस्या परेको छ। भूकम्प गएपछि १६ महिना टहरामा बसेका शालिग्राम–५, हनुमानडाँडाका माधवप्रसाद भट्टराईले गत पुसमा नयाँ घर बनाउन थाले पनि पानी अभावले समस्या परेको बताउनुभयो । घर बनाउन थालेको केही दिनमै नजिकैको मूलको पानी सुक्यो। गारो लगाउन पानी…
बाबियाचौर : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन्। गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा ठाडाखानीका बालबालिका पाखापानीमा रहेको अमर माविमा पुग्ने गरेका हुन्। खोल्सा र वनजङ्गलको बाटोमा २ घन्टा हिँडेर विद्यालय पुग्ने बालबालिकालाई घर फर्कनसमेत त्यतिकै समय लाग्ने गरेको छ। विद्यालय टाढा हुँदा आधारभूत तहको…
गाईघाट (उदयपुर) : उदयपुरको त्रियुगा नगरपालिका–६ खैजनपुर सनुवामा बुधबार विद्युत् सर्ट भई एक कुखुरा फार्ममा आगलागी हुँदा करिब रु अढाई लाख बराबरको क्षति भएको छ। दिनको ३ बजेतिर स्थानीयवासी विष्णु राजधामीको कुखुरा फार्ममा अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको स्थानीयवासी मोहन राजधामीले बताए। आगलागीबाट केही कुखुरा बाहिर निकाल्न सफल भए पनि केही कुखुरा नष्ट भएको र सबै…
काठमाडौँ : जैविक ऊर्जा रणनीति पूर्ण रुपमा कार्यान्वयन हुने हो भने अबको पाँच वर्षभित्र नेपाल धुवाँमुक्त हुनेछ। यसका लागि सरकारले नेपाल जैविक ऊर्जा रणनीति कार्यान्वयनमा ल्याएको छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले परम्परागत तरिकाले प्रयोग हुँदै आएका दाउरा, गुइँठा जस्ता ऊर्जालाई आधुनिक दिगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्न यसको पहुँच वृद्धि गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्याउने…
बैतडी : बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका छन्। विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताए। …
चितवन : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए। आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत…
काठमाडौँ : शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई चैत ५ गते अभिनन्दन गर्ने भएको छ। दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै सो प्रतिष्ठानले विशेष कार्यक्रम गरी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अभिनन्दन गर्न लागेको हो। यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गरिने निर्णय गरिएको पनि प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए।…
लहान : सिरहाको मिर्चैया नगरपालिका–१० मा आज बिहान आगलागी हुँदा एक बालक घाइते भएका छन्। मिर्चैया नगरपालिका–१० निवासी भुटाई सदाको घरमा अचानक आगलागी हुँदा उनका ८ वर्षीय नाति निरजकुमार घाइते भएका हुन्। उनको मिर्चैयास्थित मुकेश मेडिकेयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। फुसले छाएको घर र भित्र रहेका सम्पूर्ण सामान जल्दा डेढ लाख मूल्य…
काठमाडौँ : नेपाली कांग्रेस महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ। उनी बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोलेका थिए। उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने कांग्रेसले जनाएको छ। पूर्व…
इलाम : आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा इलामबाट दुई सय दुई विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ। कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन्। एक्जाम्टेडतर्फ तीन…
बर्दिवास : महोत्तरीको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ। खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि लाग्दो चैतमै खानेपानीको हाहाकार भएको छ। यसैसाता बर्दिवास नगरपालिकाको किसान नगरतर्फ मनहरीपुर बस्तीका ९० प्रतिशत…
धुलिखेल : आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा काभ्रे जिल्लाबाट दुई जना दृष्टिविहीन, चार जना कैदी बन्दी र सात जना बहिरा विद्यार्थी परीक्षामा सहभागी भएका छन्। जिल्ला शिक्षा कार्यालय काभ्रेको परीक्षा शाखाका शाखा अधिकृत रामबहादुर तामाङका अनुसार दृष्टिविहीन सरिता कार्की र प्रवेग तामाङले श्रीखण्डपुर मावि केन्द्रबाट परीक्षा दिएका हुन्। त्यस्तै जिल्ला कारागार शाखा काभ्रेबाट विभिन्न मुद्दामा बन्दी रहेका…
भक्तपुर : बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने १३ वर्षका रुपेश बराइलीको न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए। गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर…