PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

गुडिरहेको बसबाट खसेका १३ वर्षीय किशोरको मृत्यु



रासस

भक्तपुर : बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ।
 
चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने १३ वर्षका रुपेश बराइलीको न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
 
गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएका थिए। मध्यपुर अस्पतालमा उपचार हुन नसकी न्युरो अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell