PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

आजदेखि सुरु भएको एसइई परीक्षा दिनबाट इलामका दुई सय दुई विद्यार्थी वञ्चित



रासस

इलाम : आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा इलामबाट दुई सय दुई विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्।
 
समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ।
 
कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन्। एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ (डी र इ ग्रेट ल्याउने) एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन्।
 
इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन्। विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र कटौती गरिएको जिशिकाका प्राविधिक सहायक अम्बिका खनालको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell