PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि ढुङ्गेलको निधन



रासस

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि ढुङ्गेलको निधन

काठमाडौँ : नेपाली कांग्रेस महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ।
 
उनी बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोलेका थिए।

उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने कांग्रेसले जनाएको छ। पूर्व कृषि सहायकमन्त्री समेत रहेका ढुङ्गेल अविवाहित थिए।
 
डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका उनी ०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell