PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदान केन्द्र



रासस

काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदान केन्द्र

बनेपा : स्थानीय निकायको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदान केन्द्र कायम भएको छ। 

प्रजिअ शिवप्रसाद सिंखडाको संयोजकत्वमा आज धुलिखेलमा बसेको मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ। 'विगतका निर्वाचनको मतदान केन्द्रलाई आधार मानेर नै मतदान केन्द्र कायम गरेका हौँ', जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले भने। उनका अनुसार जिल्लामा चार मतदान केन्द्र नयाँ थपिएको छ। अब मतदान केन्द्रअनुसार कर्मचारी व्यवस्थापनको काम हुनेछ। 

वि.सं २०७० मा भएको संविधानसभाको निर्वाचनमा काभ्रेपलाञ्चोकमा एक सय ८५ मात्रै मतदान केन्द्र थियो। आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि नमोबुद्ध नगरपालिकामा नमोबुद्ध प्राथमिक विद्यालय केन्द्र, कुरुवास र धुलिखेल नगरपालिका–१२ मा बथलादेवी, निमावि केन्द्र तथा बनेपा नगरपालिका–३ र १३ मा एक/एक केन्द्र नयाँ मतदान केन्द्र थप भएको छ। जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell