काठमाडौँ : मुलुकभरि करिब ३४ हजार क्षयरोगका बिरामी छन्। तीमध्ये काठमाडौँमा मात्र तीन हजार ६०० क्षयरोगी रहेका छन्। विश्व स्वास्थ्य सङ्गठनकाअनुसार नेपालमा वार्षिक ४३ हजार व्यक्तिमा क्षयरोग सङ्क्रमण हुने अनुमान छ। राष्ट्रिय क्षयरोग कार्यक्रममा वार्षिक करिब ३४ हजार बिरामीको निदान तथा उपचार हुने गरेको छ। यो हिसाबले हेर्दा नेपालमा अझ पनि प्रतिवर्ष नौ हजार बिरामी उपचारको पहुँचमा आउन नसकेको देखिन्छ।…
तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भएपुग्छ। त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमान्दारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटि) आफनो जीवनलाई सुखमय तुल्याउन सकिन्छ। सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै…
बनियानी : झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको संक्रमण रहेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका संक्रमित रहेका छन्। त्यस्तै, यस वर्ष सातलाख ३३ हजार नागरिकलाई यही चैत १७, १८ र १९ गते जिल्लाभर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय…
चितवन : काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नंको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नंको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन्। भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ। घाइतेमध्ये…
इलाम : माइती नेपाल, पशुपतिनगरले अवैध तरिकाले भारत लैजान लागेका पाँच जना महिलाको सीमा नाकाबाट उद्धार गरेको छ। मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती नेपाल, पशुपतिनगरका कार्यक्रम संयोजक होम ढकालले जानकारी दिए। माइती नेपालका अनुसार उद्धार गरिएका सबै महिला गोरखाको उहियाका रहेका छन्। महिलालाई कुवेत र पाकिस्तानमा रोजगारीका लागि लैजाने…
इलाम : इलामको सन्दकपुर गाउँपालिका–४ मावुका एक व्यक्ति सोमबार मृत अवस्थामा भेटिएका छन्। स्थानीय ५३ वर्षीय गणेश गुरूङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। गुरूङलाई स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। गुरूङ बाटो छेउमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घाँटी छेउमा चोटपटक लागेको अवस्थामा शव फेला परेकाले लडेर मृत्यु भएको…
रत्ननगर (चितवन) : नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पत्रकार राधेश्याम खतिवडा निर्वाचित भएका छन्। सङ्घको ११औँ अधिवेशनका क्रममा स्वतन्त्र पत्रकार सङ्घका अध्यक्ष सूर्यप्रकाश कँडेललाई पराजित गर्दै संयुक्त प्यानलका उम्मेदवार खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। खतिवडाले १४५ र प्रतिद्वन्द्वी कँडेलले १९ मत ल्याए। यही चैत ५ गते निर्वाचन भए पनि आज महासङ्घले पूर्ण नामावली सार्वजनिक गरेको हो। प्रेस चौतारी नेपाल,…
चितवन : वर्षातको समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन छ घन्टा रोकिने भएको छ। हाल बिहान १०:३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका…
बाबियाचौर (म्याग्दी) : अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। म्याग्दी हाइड्रोपावर कम्पनीले रु दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो। आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए। शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युतगृह घारको पोखरेबगरको गोजेमा…
गौशाला : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरी जिल्लाका नौ गाउँपालिकामा तालाबन्दी गरेका छन्। यहाँका तीन नगरपालिका र १२ गाउँपालिकामध्ये मटिहानी, पिपरा, बलवा, सम्सी, रामगोपालपुर, औरही, मनरा, एकडारा र सोनमा गाउँपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको मोर्चाका नेता सुदीप झाले बताए। मोर्चाको तालाबन्दीका कारण ती गाउँपालिकामा सम्पूर्ण कामकाज ठप्प छन्।
लमजुङ (बेसीसहर) : लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत तीन दल स्थानीय तहको निर्वाचनमा सहभागी हुन नपाउने भएका छन्। निर्वाचन आयोगद्वारा तोकिएको समयावधिभित्र जिल्लामा निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएका कारण ती दलले पार्टीको चुनाव चिह्नसहित निर्वाचनमा सहभागी हुन नपाउने देखिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दल दर्ता नगराएका कारण लमजुङमा राप्रपासहित नेकपा (मार्क्सवादी लेनिनवादी) र देशभक्त समाज पार्टी निर्वाचनमा सहभागी हुन…
काठमाडौँ : व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजारसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए। सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक…
दाङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको सतवरिया क्षेत्रमा एउटा चित्तल मरेको छ। लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालय नजिकै बसको ठक्करबाट आज बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए। उनका अनुसार काठमाडौँबाट जाजरकोटतर्फ जाँदै गरेको ना ६ ख ४०५ नंको बसले आज बिहान राजमार्गबाट बाटो…
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ। उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
रत्ननगर : चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको अवस्था अझै फेला पार्न सकिएको छैन। यही चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना युवतीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्म फालेका थिए। स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता भएका थिए। आजसम्म पनि उनको अवस्था पत्ता नलागेको…
बैतडी : हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ। कैद सजाय हुनेमा दार्चुला अपी नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। उनले भने 'रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष…
मेलम्ची : चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले आज दुई युवालाई पक्राउ गरेको छ। चोरीको बा ५२ प ९४२७ नंको १५० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई…
दमक : झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर घाइते दमक नगरपालिका–२ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते दमक–२ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक–९ का ४१ वर्षीय अनन्त खनालको उपचार भइरहेको छ। कमलनगर गाउँपालिका–५ सितापुरी चोकमा पूर्वबाट–पश्चिमतर्फ…
बाबियाचौर (म्याग्दी) : म्याग्दीका सरकारी कार्यालयमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव रहेको छ। यहाँका कार्यालयहरुमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ। जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन्। स्थानीय तह निर्वाचन प्रयोजनका लागि कार्यालयले हालै मात्र जिल्लास्थित…
अच्युत रेग्मी काठमाडौँ : काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ। उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो। काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समस्या उत्पन्न भएको छ। …