PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

इलाममा गुरूङ मृत फेला



रासस

इलाममा गुरूङ मृत फेला

इलाम : इलामको सन्दकपुर गाउँपालिका–४ मावुका एक व्यक्ति सोमबार मृत अवस्थामा भेटिएका छन्। 

स्थानीय ५३ वर्षीय गणेश गुरूङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। गुरूङलाई स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। 

गुरूङ बाटो छेउमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घाँटी छेउमा चोटपटक लागेको अवस्थामा शव फेला परेकाले लडेर मृत्यु भएको वा हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell