रसुवा : नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ। सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिबाट सुख्खा पहिरो गई सडक अवरुद्ध भएपछि नेपाल आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबैखाले सवारी साधन आवातजावत बन्द भएको छ। सडक खोल्न कम्तीमा तीन दिन लाग्ने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएका छन्। बा६ख ९७६५ नंको…
रत्ननगर (चितवन) : चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ। चैत ९ गते एक क्यान्सर रोगी कैदीको मृत्यु भएको थियो भने शनिबार अर्का एकको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ। मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिए। उनका…
कुमार चौलागाई स्वर्गद्वारी (प्यूठान) : स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सातबँदे घोषणापत्र जारी गरेको छ। नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको समन्वयमा सङ्घको प्युठान शाखाद्वारा शनिबार स्वर्गद्धारीमा आयोजना गरिएको पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रममा स्वर्गद्वारी क्षेत्र विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यसहित व्यवसायीद्वारा यस्तो घोषणापत्र जारी गरिएको…
नारायण अधिकारी चितवन : कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ। जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ। काठमाडौँ, पोखरा लगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको…
धनगढी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से५प २०७१ नम्बरको मोटरसाइकल सडक…
तेह्रथुम : गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ। तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो। यी जिल्लाका करिब २५ गाविस क्षेत्रफलमा फैलिएको टिएमजे क्षेत्रमा…
सोलुखुम्बु : गत कात्तिक ११ गते माछा मार्न जाँदा सोलुखोलामा बेपत्ता भएका तत्कालीन जिविस सोलुखुम्बु कार्यालय सहयोगी छिरिङ शेर्पाको शव शनिबार भेटिएको छ। स्थानीयवासीले खोलाभित्र उनलाई देखेको बताएपछि प्रहरीले पानीबाट शव निकालेको थियो। शेर्पाको परिवारले शव पहिचान गरेपछि आज आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।
राजविराज (सप्तरी) : तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताएका छन्। आज राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने अडान दोहोर्याए। अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप…
काठमाडौँ : सरकारले जारी गरेको अनलाइन निर्देशिका खारेजको माग गर्दै आजै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पत्रकार प्रवेश सुवेदी, अधिवक्ताद्वय बाबुराम अर्याल र सन्तोषबाबु सिग्देलले दायर गरेको रिट निवेदनमा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र संविधानको प्रावधान विपरीत निर्देशिका आएकाले बदर गरी पाउँ भनी रिट निवेदन पेस भएको हो। सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ प्रति सञ्चारकर्मी तथा सरोकार…
काठमाडौँ :सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा नेपाल–भारत खुला सिमाना व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । रिट निवेदनमा विसं…
बैतडी : देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। गएराति घरायसी विवाद हुँदा देउरानी ३५ वर्षीया चैतीदेवी कार्कीले ढुङ्गा प्रहार गर्दा जेठानी नर्माको मृत्यु भएको हो । चैतीको मानसिक सन्तुलन ठीक नभएको भन्ने बुझिएको खनालले बताए। हत्या…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन्। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उनले समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता र सम्बन्ध सेतुको विस्तार हुनुपर्नेमा जोड दिए। ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले समृद्धिको साझा एसियाली लक्ष्य…
त्रिशूली : नुवाकोटको गेर्खुमा दुई वर्षीय बालकको आगोमा जलेर मृत्यु भएको छ। विदुर नगरपालिका–११ गेर्खुका शम्भु नेपालका छोरा सुशील नेपाल आगोमा परी गम्भीर घाइते भएको र उनको उपचारका क्रममा कान्ति बाल अस्पताल, काठमाडौँमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। शुक्रबार अपराह्न ३ बजे झाप्रीमा सुतिरहेका सुशीललाई उनका तीन वर्षका दाजु समीरले…
हरि बास्तोला - पोखरा : पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा रु ५० लाखभन्दा बढी आम्दानी गरेको छ। करिब रु एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी…
काठमाडौँ : अहिंसा प्राणी शाकाहारी समाजले मन्दिरमा पशु बलि निषेध गर्न माग गर्दै आज कामपा, नक्साल, भगवतीबहालस्थित भगवती मन्दिरमा धर्ना दिएको छ। सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध महाचेतना अभियानअन्तर्गत आज त्यस क्षेत्रमा विरोध गरिएको हो। प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बलि चढाइने मन्दिरमा चेतनामूलक कार्यक्रम गरी बलि चढाउन आएका भक्तजनलाई सम्झाइबुझाइ गरी फर्काउने काम समाजले…
काठमाडौँ : ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरेका छन्। नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा सबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताए। ऊर्जा मन्त्रालयले तिला कर्णाली…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको राजधानी बेइजिङ पुगेका छन्। साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए। प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ। विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका…
बैतडी : शनिबार साँझ ७ बजेर २७ मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तरमा केन्द्रविन्दू भएको ३ दशमलव ८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रामबहादुर चन्दले भूकम्पले क्षति पुर्याएको कुनै जानकारी नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताए। रासस
लहान : राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ। गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो।…
इनरुवा : लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत चैत ९ गते गाईको गोठमा लामखुट्टे धपाउनका लागि बालेको आगो ताप्ने क्रममा सारीमा आगो सल्की खातुन गम्भीर घाइते भएकी थिइन्। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ…