
बैतडी : शनिबार साँझ ७ बजेर २७ मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तरमा केन्द्रविन्दू भएको ३ दशमलव ८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रामबहादुर चन्दले भूकम्पले क्षति पुर्याएको कुनै जानकारी नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताए। रासस