खोटाङ : घर विदा सकेर ब्यारेक फर्कंदै गरेका नेपाली सेनाका एक जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन्। सुनसरीको बराह नगरपालिका–५ भरौल घर भई खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेकमार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्कविहीन भएका हुन्। चैत १५ गते हाजिर हुने गरी १५ दिनको घर बिदामा गएका थापाले दुई दिनपछि चैत १७ गतेमात्र…
काठमाडौँ : वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ। विभागबाट आरोहण अनुमति लिएर एकसाताअघिदेखि विभिन्न समूह आरोहणमा गएको र अझै आरोही आउने क्रम जारी रहेको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सगरमाथा…
दाङ : यहाँको अस्पतालले २४औं घन्टा चिकित्सक सेवा सुरु गरेको छ। राप्ती अञ्चल अस्पताल तुलसीपुर, दाङमा अस्पतालको इमर्जेन्सी कक्षामा २४ औं घन्टा चिकित्सक सेवा दिन थालिएको हो। अस्पतालमा दरबन्दी भएअनुसारका मेडिकल अधिकृतहरु व्यवस्थापन भएपछि अस्पतालमा सो सुविधा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले बताए। अस्पतालमा पहिले भइरहेको कल ड्युटीलाई हटाई चिकित्सकलाई अन ड्युटीमा राखिने व्यवस्था गरेर २४ औं…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले २२ हजार रुपैयाँ घुस लिँदालिँदै आज पक्राउ गरेको छ। आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले विगतमा तीन जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई सेवाग्राहीका नाममा नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा…
लमजुङ (बेँसीसहर) : विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका–५ रम्घा जगनपुरकी ११ वर्षीया सङ्गीता थापाको मृत्यु भएको हो। घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर सोमबार साँझ तरकारी खाएपछि थापासहित उनका परिवारका पाँच जना बिरामी भएका थिए। बिरामी भएका थापा परिवारलाई छिमेकीले उपचारका लागि पोखरा लगेका थिए। थापाको पोखरा गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो।…
विराटनगर : नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ दरिएको छ। यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन्। यसअघि विसं २०७० मा मतदाताको सङ्ख्या चार लाख ९५ हजार मतदाता थियो। कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको…
नुवाकोट : ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक ६५ हजार रुपैयाँ कमाउँछन्। गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गरेका उनले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल भएका हुन्। 'विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएको छु', ३६ वर्षीय युवा किसान पनेरुले भने, 'रोजगारका लागि…
बागलुङ : नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ। यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो। दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ। आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताए। ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र…
चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गर्ने कार्य आजदेखि सुरु गरिएको छ। चितवनबाट शुक्लाफाँटामा एक भाले र चार पोथी गैँडा स्थानान्तरण गरिँदैछ। यसै क्रममा आज बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई डाट (बेहोस बनाउने औषधि राखिएको गोली बन्दुकले हान्ने काम) गरेर स्थानान्तरणका लागि ट्रकमा राखिएको छ। साँझसम्ममा सोही क्षेत्रबाट…
नेपालगन्ज : स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट हुने क्रममा एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार शनिबार दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो। दौड पूरा गरेपछि रिङ्गटा लागेर मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पुर्याएको केही…
कावासोती : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इलाका प्रहरी नवलपुरका अनुसार पश्चिमबाट काठमाडौँ हिँडेको ना४ख ३९९५ नंको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिँदा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८…
पथरी (मोरङ) : मोरङको पथरी शनिश्चरे–५ मा बिहीबार बेलुका चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। घाइते हुनेमा पथरी शनिश्चरे–५ का ३५ वर्षीय अनिल धिमाल र सोही ठाउँका २२ वर्षीय पवन ऋषिदेव रहेका छन्। साँझ ५ बजेतिर स्थानीयवासी योगेन्द्र थापाले लगाएको टिकको नर्सरी बारीमा काम गर्दै गरेका अनिललाई चितुवाले आक्रमण गरेपछि हेर्न भनी जानुभएका पवनलाई समेत आक्रमण गरेको इलाका प्रहरी कार्यालय…
लहान : सिरहाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ७ प ७०२३ नंको मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय देबुआ सदाको मृत्यु भएको हो। सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सदालाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
काठमाडौँ : नेपाल राष्ट्रिय अभिभावक संघले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ। सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन्। सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ। संघका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा सम्पन्न पदाधिकारी बैठकले शैक्षिकसत्र २०७४ को भर्ना अभियानको समय आएकाले सबै जिल्ला…
इलाम : मेची राजमार्गअन्तर्गत इलामको गोदक सडकखण्डमा बुधबार भएको सवारी दुर्घटनामा सहचालकको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेको गाडी एक्कासी भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। जिल्ला शिक्षा कार्यालय इलाममा काठमाडौँबाट उत्तरपुस्तिका लिएर आउँदै गरेको ना १ क ४००९ नंको मिनीट्रक दुर्घटना भएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए। घटनाबारे…
बनियानी : परीक्षा दिएर घर फकिँदै गरेका एक बालकको नालामा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर–१० का १० वर्षीय कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, सोही नालामा डुबेका ७ वर्षीय समिर बजगाईं भने सकुशल रहेका छन्। भद्रपुर–१० स्थित नमुनाटोल नजिकैको चारआली–केचना सडक निर्माणको लागि खनिएको नालामा मङ्गलबार दिउँसो दुवै बालक डुबेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद…
लमजुङ : हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ। चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो। भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए। उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए। ‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’,…
रत्ननगर (चितवन) : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा गैँडा मृत भेटिएको छ। निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्को गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो। निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत ‘टाइगर टप्सको टेन्टेड क्याम्प’ क्षेत्रमा मंगलबार मृत गैँडा फेला परेको अर्यालले जानकारी दिए। दिउँसो करिब १ बजेतिर निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको श्रीजङ्ग गणको गस्ती टोलीले गैँडा मृत…
गाईघाट (उदयपुर) : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित शाहीखोला बस्ने वर्ष ६० का कान्छा कार्कीको मङ्गलबार बेलुकी स्थानीय जङ्गलको रुखबाट खसेर मृत्यु भएको छ। स्थानीयवासी कृष्णराज खड्काका अनुसार कार्कीले दिनभर घरमा कामगरी बेलुकीपख जङ्गलमा घाँस काट्न गएका थिए। जङ्गलमा गएर जामुनको रुखमा घाँस झार्न चढेका कार्कीलाई कमिलाको गोलाको कमिलाले टोक्न थालेपछि कार्की अचानक आत्तिएर रुखबाट खसेका कारण कार्कीको तत्कालै मृत्यु…
पथरी (मोरङ) : मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र शाह रहेका छन्। उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका…