PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपाली सेनाका जवान सात दिनदेखि सम्पर्कविहीन



रासस

खोटाङ : घर विदा सकेर ब्यारेक फर्कंदै गरेका नेपाली सेनाका एक जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन्।

सुनसरीको बराह नगरपालिका–५ भरौल घर भई खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेकमार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

चैत १५ गते हाजिर हुने गरी १५ दिनको घर बिदामा गएका थापाले दुई दिनपछि चैत १७ गतेमात्र ब्यारेक आइपुग्ने बताएको शेरगण मुडे ब्यारेकले जनाएको छ। चैत १६ गते नै घरबाट हिँडेका उनले सोही दिन बेलुका ओखलढुङ्गा आइपुगेर टेलिफोन सम्पर्क गरेका थिए।

थापाले ओखलढुङ्गा पुगेँ भनेर घरमा सम्पर्क गरेको उनका दाजु गणेशले बताए– 'त्यसपछि सम्पर्कमा आउनु भएको छैन।' थापा नेपाली सेनाको पूर्वी पृतना इटहरीमा दरबन्दी भई शेरगण मुडे ब्यारेकमा छ महिनाअघिदेखि काजमा खटिएर खोटाङ आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell