PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

उत्तरपुस्तिका बोकेको गाडी दुर्घटना, सहचालकको मृत्यु



रासस

उत्तरपुस्तिका बोकेको गाडी दुर्घटना, सहचालकको मृत्यु

इलाम : मेची राजमार्गअन्तर्गत इलामको गोदक सडकखण्डमा बुधबार भएको सवारी दुर्घटनामा सहचालकको मृत्यु भएको छ।

राजमार्गमा गुडिरहेको गाडी एक्कासी भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

जिल्ला शिक्षा कार्यालय इलाममा काठमाडौँबाट उत्तरपुस्तिका लिएर आउँदै गरेको ना १ क ४००९ नंको मिनीट्रक दुर्घटना भएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell