PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु



रासस

लहान : सिरहाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ७ प ७०२३ नंको मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय देबुआ सदाको मृत्यु भएको हो। सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सदालाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell