PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

मोरङमा सबैभन्दा बढी मतदाता



रासस

 मोरङमा सबैभन्दा बढी मतदाता

विराटनगर : नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ दरिएको छ। यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन्। यसअघि विसं २०७० मा मतदाताको सङ्ख्या चार लाख ९५ हजार मतदाता थियो।

कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ अब दोस्रो स्थानमा छ।

मोरङ जिल्ला बसाइँ–सराइमा तुलनात्मक रुपमा बढेका कारण मतदाता थपिएको अनुमान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell