PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

चार प्रतिशत बालबालिका अझै विद्यालयबाहिर, भर्ना अभियानमा अभिभावक परिचालित हुने



रासस

चार प्रतिशत बालबालिका अझै विद्यालयबाहिर, भर्ना अभियानमा अभिभावक परिचालित हुने

काठमाडौँ : नेपाल राष्ट्रिय अभिभावक संघले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ। 

सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन्। सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ। 

संघका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा सम्पन्न पदाधिकारी बैठकले शैक्षिकसत्र २०७४ को भर्ना अभियानको समय आएकाले सबै जिल्ला समितिले व्यापकरुपमा अभिभावक परिचालन गरी भर्ना अभियानमा सामेल हुने र टोलछिमेकका कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बाहिर नरहून् र विगतमा भर्ना भएकाले बीचैमा विद्यालय नछोडून् भनेर ध्यान पु¥याउन अभिभावकलाई सचेत गराउने निर्णय पनि गरेको छ। 

संघले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड तथा निर्देशिका २०७३ को संशोेधन, पाठ्यपुस्तक उत्पादन तथा वितरणका सम्बन्धमा समीक्षा गरी शिक्षा मन्त्रालयलाई आफ्ना प्रतिबद्धता पूरा गराउन र कमजोरी पाइए दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell