PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाकै आक्रमणबाट अर्को वयस्क गैंडाको मृत्यु



रासस

रत्ननगर (चितवन) : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा गैँडा मृत भेटिएको छ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्को गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो। निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत ‘टाइगर टप्सको टेन्टेड क्याम्प’ क्षेत्रमा मंगलबार मृत गैँडा फेला परेको अर्यालले जानकारी दिए।

दिउँसो करिब १ बजेतिर निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको श्रीजङ्ग गणको गस्ती टोलीले गैँडा मृत फेला पारेपछि निकुञ्जलाई खबर गरेको थियो। साँझ गरिएको पोस्टमार्टम रिपोर्टअनुसार गैंडा बिहानतिर मरेको अनुमान गरिएको छ। उनका अनुसार उक्त गैँडाको शरीरमा १९ वटा घाउ लागेको पाइएको छ।

अन्दाजी १८/२० वर्षको जस्तो देखिने उक्त गैँडाको पोस्टमार्टम गरेर खाग, खुर सुरक्षित रुपमा ल्याइएको निकुञ्जले जनाएको छ। चितवन निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय वटा गैँडा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell