PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

उदयपुरमा रुखबाट खसेर एकको मृत्यु



रासस

गाईघाट (उदयपुर) : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित शाहीखोला बस्ने वर्ष ६० का कान्छा कार्कीको मङ्गलबार बेलुकी स्थानीय जङ्गलको रुखबाट खसेर मृत्यु भएको छ।

स्थानीयवासी कृष्णराज खड्काका अनुसार कार्कीले दिनभर घरमा कामगरी बेलुकीपख जङ्गलमा घाँस काट्न गएका थिए।

जङ्गलमा गएर जामुनको रुखमा घाँस झार्न चढेका कार्कीलाई कमिलाको गोलाको कमिलाले टोक्न थालेपछि कार्की अचानक आत्तिएर रुखबाट खसेका कारण कार्कीको तत्कालै मृत्यु भएको खड्काले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell