PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

म्यादी प्रहरी छनौट क्रममा युवकको मृत्यु



रासस

म्यादी प्रहरी छनौट क्रममा युवकको मृत्यु
प्रतीकात्मक फोटो

नेपालगन्ज :  स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट हुने क्रममा एक युवकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार शनिबार दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो।

दौड पूरा गरेपछि रिङ्गटा लागेर मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पुर्‍याएको केही क्षणमै उनको मृत्यु भएको थियो। जिल्लामा निर्वाचनका लागि एक हजार ६ सय म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया केही दिनदेखि जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell