PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

धनुषाका नापी सर्वेक्षक २२ हजार घुससहित पक्राउ



रासस

धनुषाका नापी सर्वेक्षक २२ हजार घुससहित पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले २२ हजार रुपैयाँ घुस लिँदालिँदै आज पक्राउ गरेको छ।

आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले विगतमा तीन जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई सेवाग्राहीका नाममा नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोग टोलीले पक्राउ गरेको हो।

प्रवक्ता कोइरालाका अनुसार सर्वेक्षक ठाकुरलाई सहिदनगर नपा–७ धनुषामा रहेको मनोज मण्डलको घरबाट घुस रकमसहित पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell