PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

परीक्षा दिएर फर्कदै गरेका बालकको नालामा डुबेर मृत्यु



रासस

बनियानी : परीक्षा दिएर घर फकिँदै गरेका एक बालकको नालामा डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा भद्रपुर–१० का १० वर्षीय कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, सोही नालामा डुबेका ७ वर्षीय समिर बजगाईं भने सकुशल रहेका छन्। 

भद्रपुर–१० स्थित नमुनाटोल नजिकैको चारआली–केचना सडक निर्माणको लागि खनिएको नालामा मङ्गलबार दिउँसो दुवै बालक डुबेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। 

नालामा डुबेको स्थानीयले देखपछि दुवैजनालाई उद्धार गरिएपनि निरौलाको उपचारका क्रममा बी एण्ड सी अस्पताल, बिर्तामोडमा मुत्यु भएको हो। 

नालामा डुबेका बजगाईं भने ओमसाई पाथिभरा हस्पिटल, भद्रपुरमा उपचारपछि घर फर्किसकेका छन्। विदुर बोर्डिङ स्कूल भद्रपुरमा अध्ययनरत निरौला कक्षा–३ र बजगाईं युकेजीको परीक्षा दिएर घर फर्किएका थिए। 

यता, ठेकेदारले साढे एक फुट नाला खन्नु पर्नेमा नियम मिच्दै ५ देखि १० फुटसम्म नाला खनेर छाडेपछि दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन्। नाला खनेर छाडिएपछि जमेको पानीको निकास समेत बन्द भएको छ । सोही पानीमा दुई बालक डुबेका हुन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell