PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु



रासस

विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु
प्रतीकात्मक फोटो

लमजुङ (बेँसीसहर) : विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका–५ रम्घा जगनपुरकी ११ वर्षीया सङ्गीता थापाको मृत्यु भएको हो।

घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर सोमबार साँझ तरकारी खाएपछि थापासहित उनका परिवारका पाँच जना बिरामी भएका थिए। बिरामी भएका थापा परिवारलाई छिमेकीले उपचारका लागि पोखरा लगेका थिए।

थापाको पोखरा गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो। च्याउ खाएर बिरामी भएका अन्य चार जनालाई उपचारपछि घर ल्याइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell