इनरुवा : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताएका छन्। सुनसरी सदरमुकाम इनरुवामा नेपाल नाइ सङ्घको सातौँ जिल्ला अधिवेशनलाई आज उद्घाटन गर्दै नेता महतले संविधान संशोधन र चुनाव दुवै सम्भव रहेको बताए। नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले वैशाख…
विराटनगर : उपप्रधानमन्त्री विमलेन्द्र निधिले देश विरोधी, विखण्डनकारी र अपराधीका सामु कडाइका साथ पेस हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताएका छन्। पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनपछि विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भने, 'राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सचेत एवम् सक्षम भएकाले आआफ्ना जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछन्।' उपप्रधानमन्त्री निधिले सरकार र मधेसी मोर्चाबीच वार्ता भइरहेको र दुई चरणमा निर्वाचन भएमा…
सल्लेरी (सोलुखुम्बु) : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ। आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो। गत चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका लागि आठजना आइसफल डाक्टर खटिएका थिए। टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र…
नवलपरासी : नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन्। स्थानीय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्य रुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैमा सूचना जारी गरेको थियो। यद्यपि सूचना जारी भई म्याद सकिए पनि कसैले पनि प्रहरीमा हातहतियार नबुझाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर…
फलेवास (पर्वत) : सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन्। गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन्। जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने…
विराटनगर : स्थानीय तहको निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा आजबाट पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको छ। गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठिमा पूर्वाञ्चल क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता छन्। सुरक्षा निकायबीच आपसी समन्वय, एकीकृत साझा धारणा निर्माण, आमसमस्यालाई समाधान गर्न मानसिक रुपले…
काठमाडौँ : हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ। 'विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पुर्याइन्छ,' हुलाक विभागद्वारा यहाँ आज आयोजित अन्तर्क्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भने– 'हुलाकीमार्फत घरघरमा पैसा पुर्याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ।' आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गरेका छन्। विद्युत् चोरी निकासी गर्ने तथा अवैध काम गर्ने जोकोहीलाई पनि नियन्त्रण गर्न उक्त विधेयक पेस गर्दै मन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकास गर्न सरकारले लामो छलफल र प्रयासपछि संसद्मा उक्त विधेयक प्रस्तुत गरिएको बताए। उनले सरकारले सातवटै…
काठमाडौँ : नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखामा एक महिनादेखि लगाइएको ताला बुधबार खुलेको छ। महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी आज ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले जानकारी गराए। 'सदस्य वितरण र स्तानान्तरणसम्बन्धी कुरामा चित्त नबुझेर केही सङ्गठनले ताला लगाएका थिए,' उनले भने, 'हामीले उहाँहरुको मागलाई सम्बोधन गर्नेगरी पहल गर्ने सहमति गरेपछि ताला…
पथरी : मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन्। तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको बिपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियो। पाँच लाख रुपैयाँ चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरि एपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको छैन। तीन लाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा बोक्न विवश छन्। ‘जीवनदाता…
नुवाकोट : नुवाकोटको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका छन्। बिरामीमध्ये चार जना सिकिस्त छन्। विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उनकी श्रीमती ६४ वर्षीया जुनकिरी राई, छोरा २३ वर्षका रोकेश राई, बुहारी २१ वर्षीया ढोमा राई र नातिहरु चार वर्षका रोहन राई र एक वर्षका रोजन राई बिरामी…
गुलरिया (बर्दिया) : बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा १६ वर्षीय बालक बेपत्ता भएका छन्। बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर–११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन्। बुधबार दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको बालकको बुबा राजु श्रेष्ठले बताए। उनी श्रेष्ठका जेठा छोरा हुन्। बालक नदीमा खसेको…
गौशाला : महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन्। दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरहेका बेला दिसा लाग्दा शौचालय गएको र शौचालयमै लडेर उनको मृत्यु भएको उनका भाइ सिकिन्दर महराले…
भोजपुर : भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युत परियोजनाको शेयर खुला गरिएको छ। वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युतको शेयर स्थानीयको मागअनुसार खुल्ला गरिएको हो। शेयर लिन इच्छुकले न्युनतम प्रतिकित्ता रु एक सयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन्। ४० किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो। परियोजना निर्माणका लागि…
पर्सा : वीरगन्ज–ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा पटेर्वा–७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। परिवारका अन्य सदस्यसहित वीरगन्जतर्फ आउँदै गरेको बेला वाहन अनियन्त्रित भई…
गोरखा : ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन।’ समाजमा प्रायः यस्तो भनाइ सुन्ने गरिन्छ। तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा, धार्चे गाउँपालिका लापु गाउँमा स्वास्थ्य चौकी र विद्यालय भवन पुनःनिर्माण गरिदिएका छन्। भूकम्पले भत्काएको स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माणमा स्विट्जरल्यान्डका नागरिक डा थेरी र भोरोनिक लङ्गेन्बेगर दम्पतीले रु ५७ लाख लगानी गरेका हुन्।…
काठमाडौँ : सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छिन्। बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका सङ्घको १३६औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताइन्। स्थानीय निर्वाचनका लागि राजनीतिक दलबीच सहमति गरेर अगाडि बढ्नुपर्ने आवश्यकता भएको र संविधान संशोधनको महत्वपूर्ण मुद्दा सदनमै रहेकाले पनि चालु अधिवेशन जारी…
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिएका छन्। निर्वाचन आयोगद्वारा ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले आजै बेलुकासम्म सरकारबाट ठोस निर्णय आउन सकेन भने आफूलाई अप्ठेरो पर्ने बताए। 'धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचयपत्र…
राजविराज : सप्तरीको हनुमानगर बजारमा जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइतेमध्ये थप एक व्यक्तिको उपचारको क्रममा आज मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमानगर–३ निवासी २६ वर्षीय सञ्जय साफी रहेको प्रहरीले जनाएको छ। योसँगै हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते साफीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी…
काठमाडौँ : व्यवस्थापिका–संसद् लेखा समितिले आगामी दसैँअगावै मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्न खानेपानी तथा सरसफाई मन्त्रालय र आयोजनालाई निर्देशन दिएको छ। समितिको मंगलबार बैठकमा आयोजनाको काममा केही ढिलाइ भइरहेको र तोकिएको समयमा आयोजना सम्पन्न नहुने हो कि भन्ने चिन्ता आमरुपमा आएको भन्दै दसैँअगावै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए। यस्तै, समितिले आयोजनाको पाइप बिच्छ्याउने क्रममा…