PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

दुई साताको प्रयासपछि सगरमाथा चढ्ने बाटो खुल्यो



रासस

दुई साताको प्रयासपछि सगरमाथा चढ्ने बाटो खुल्यो

सल्लेरी (सोलुखुम्बु) : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ। आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो।

गत चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका लागि आठजना आइसफल डाक्टर खटिएका थिए। टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्‍याङको व्यवस्थापन गरेको छ। खराब मौसमका बाबजूद पनि बाटो निर्माण कार्य सम्पन्न गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए।

एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प–२ सम्म बाटो निर्माण गर्दै आएको छ। बाटो निर्माण गरेसँगै अब सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको राईले बताए।

बाटो बनाउनेमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell