PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पत्रकार महासंघ काठमाडौँ शाखामा लगाइएको ताला खुल्यो



रासस

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखामा एक महिनादेखि लगाइएको ताला बुधबार खुलेको छ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी आज ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले जानकारी गराए।

'सदस्य वितरण र स्तानान्तरणसम्बन्धी कुरामा चित्त नबुझेर केही सङ्गठनले ताला लगाएका थिए,' उनले भने, 'हामीले उहाँहरुको मागलाई सम्बोधन गर्नेगरी पहल गर्ने सहमति गरेपछि ताला खुलाइएको हो।'

फागुन २४ गते प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार सङ्गठन, प्रेस सोसाइटी र पत्रपत्रिका अधिकार मञ्चले संयुक्तरुपमा सदस्य वितरण र गैरढङ्गबाट सदस्य स्तानान्तरण गरेको भन्दै ताला लगाएका थिए।

अध्यक्ष चौलागार्इंले ताला खुलेपछि वैशाखको पहिलो हप्ता शाखाको अधिवेशन गर्ने जानकारी गराए। ताला लगाएपछि चैत १ गते हुने भनिएको शाखाको अधिवशेन हुन सकेको थिएन। शाखामा करिब एक हजार दुई सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell