PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा तीन घर जले, एक जना गम्भीर घाइते

    सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा तीन घर जले, एक जना गम्भीर घाइते

    सोलुखुम्बु : सोलुखुम्बुको दुधकौशिका नगरपालिका–४ जुवुमा सामुदायिक वनबाट शनिबार सुरु भएको आगलागी बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन् भने एकजना गम्भीर घाइते भएका छन्। वनमा सुरु भएको आगलागी बस्तीमा पुग्दा दुधकौशिका गाउँपालिका–४ जुवुका रामकुमार गिरी, सन्तोष गिरी र अमर गुरुङको घर तथा रामकुमार गिरीको एउटा बोको बाँधिएको ग्वाली जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका–७ साविक एकतप्पा–९ की एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न नजिकैको जङ्गलमा गएकी ३८ वर्षीया विष्णु थापाको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ। भीरबाट लडेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे लगिएको थियो। उपचारकै क्रममा केन्द्रले थापालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक अमरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • मौसम खुलेसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, दैनिक सयभन्दा बढी विदेशीको आगमन

    मौसम खुलेसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, दैनिक सयभन्दा बढी विदेशीको आगमन

    लमजुङ (बेँसीसहर) : अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी अन्नपूर्ण पदमार्गमा आएका छन्। टिम्सकी कर्मचारी मीना गुरुङले मार्च महिनामा दुई हजार ५९६ विदेशी पर्यटक लमजुङ आएको बताए। अप्रिल लागेसँगै दैनिक १०० भन्दा बढी विदेशी पर्यटक आउने गरेको गुरुङको भनाइ छ। पदमार्गमा विशेष गरी इजरायल, जर्मनी,…

    विस्तृतमा पढ्नुस्

  • अवैध रुपमा ब्रोइलर कुखुरा भित्र्याउने ६ जना पक्राउ, तीन क्विन्टलभन्दा बढी ब्रोइलर बरामद

    गुलरिया (बर्दिया) : बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल ब्रोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्राउ गरेको हो। भारतबाट भन्सार छली अवैधरुपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा बाँके बनकटुवा–९ बस्ने १७ वर्षीय टेकराज पोखरेल, १८…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षित प्रसूति सेवाको अभावमा महिलाले ज्यान गुमाइन्

    पाँचथर : सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन्। घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो। त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी दीपक दुलालले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • विषादी सेवनबाट महिलाको मृत्यु

    गौशाला : महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवशरण महतोकी श्रीमती ५५ वर्षीया सुदामादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घरायसी विवादका कारण महिला सुदामाले खेतबारीमा किरा मार्न प्रयोग गर्ने नाम नखुलेको पाउडर (विषादी) घोलेर पिएपछि उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए। शनिबार अबेर साँझ…

    विस्तृतमा पढ्नुस्

  • लाङटाङका भूकम्पपीडितलाई जग्गा स्थानान्तरण गरिने

    रसुवा : २०७२ सालको भूकम्पले हिमाल हल्लाउँदा गएको पहिराले पुरिएका लाङटाङ गाउँका बासिन्दालाई अन्यत्र नै जग्गाजमिन उपलब्ध गराइने भएको छ। राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलको स्थलगत भ्रमणपछि स्थानीयवासीको चाहना अनुरुप पहिरोस्थलको जग्गा लाङटाङ राष्ट्रिय निकुञ्जलाई र बस्न उपयुक्त जग्गा साबिक प्रमाणबमोजिम स्थानीयवासीलाई उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको रसुवाका प्रजिअ चोमेन्द्र न्यौपानेले जानकारी दिए। आगामी वैशाख १०…

    विस्तृतमा पढ्नुस्

  • झापाको फर्निचर उद्योगमा आगलागी, एक करोडको क्षति

    झापाको फर्निचर उद्योगमा आगलागी, एक करोडको क्षति

    बनियानी (झापा) : भद्रपुर–८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्राफर्निचर उद्योगमा आज बिहान आगलागी भएको छ। बिहान २:४८ बजे करेन्ट चुहिँदा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। आगलागीबाट उद्योगमा रहेका यान्त्रिक औजार, तयारी फर्निचर, घरायसी सामान, लत्तापकडालगायत जलेर नष्ट भएको छ। आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाका वारुणयन्त्र परिचालन गरिएको थियो। स्थानीयवासी, सशस्त्र…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत, दुई सय ९५ जनालाई कारबाही

    बर्दिया : नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ। घरायसी तथा व्यापारिक प्रयोजनका लागि विद्युत् चोरी गर्दै आइरहेका त्यस्ता व्यक्तिलाई कारबाही गरिएको प्राधिकरणका प्रमुख अवधेशकुमार गुप्ताले बताए। उनले बर्दियामा विद्युत् चुहावटले विकराल समस्या बनाइरहेको हुँदा यसलाई न्यूनीकरण गर्न आफूहरु लागि परेको जानकारी दिए। यस आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत्…

    विस्तृतमा पढ्नुस्

  • 'नगरप्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ'

    'नगरप्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ'

    चन्द्रकला भण्डारी  काँकडभिट्टा (झापा) : झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने प्रवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन्। विभिन्न दलमा आबद्ध रहेर लामो समयदेखि राजनीतिक क्षेत्रमा योगदान पुर्‍याइरहेका सक्षम महिला नेतृ भए पनि पुरुषलाई मात्र प्रमुखको पदमा पुर्‍याउने उद्देश्यले महिलालाई उपप्रमुखमा सीमित पार्ने प्रयास भइरहेको उनीहरुको आरोप छ।…

    विस्तृतमा पढ्नुस्

  • गाडीको ठक्करबाट बर्दियामा एकको मृत्यु

    बर्दिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आज मृत्यु भएको छ भने गाडीमा सवार १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–९ गौतम चोकमा बा १ ज ५२०१ नंको गाडीले ठक्कर दिँदा २०–२२ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताए। पश्चिमबाट पूर्वतर्फ…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा ट्याक्टर दुर्घटना, दुई कामदारको मृत्यु

    महोत्तरीमा ट्याक्टर दुर्घटना, दुई कामदारको मृत्यु

    गौशाला : महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आज ट्याक्टर दुर्घटनामा परी दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ बस्ने १९ वर्षीय उदित यादव रहेको प्रहरी कार्यालय रघुनाथपुरले जनाएको छ। जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १त ३३८८ नंको ट्याक्टरमा तारजाली पुर्‍याएर फर्किने क्रममा रघुनाथपुर–५ गोबरहियामा ट्याक्टर पल्टिँदा दुवैको…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा ६३ हजार मतदाता थपिए

    रामपुर (पाल्पा) : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पाल्पामा ६३ हजार मतदाता थपिएका छन्। विसं २०७० को संविधान सभाको निर्वाचनमा एक लाख चार हजार दुई सय ८२ मतदाता निर्वाचनमा सहभागी रहेका थिए। अब हुने स्थानीय तहको निर्वाचनमा ६३ हजार पाँच सय ६५ मतदाता थपिएर जिल्लाभरमा एक लाख ६७ हजार आठ सय ४७ मतदाताले मतदान गर्न पाउने भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीका क्षेत्रमा २०७३ साल कस्तो रह्यो?

    वैदेशिक रोजगारीका क्षेत्रमा २०७३ साल कस्तो रह्यो?

    किरण भट्टराई  काठमाडौँ : वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भए पनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो। निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको, कामदारलाई दोहोरो करारपत्रमा हस्ताक्षर गराउने, अवैध रुपमा खाडीमा घरेलु कामदार पठाउने, विभिन्न नाममा मलेसिया जानेप्रति कामदारबाट अवैध रुपमा १७ हजारभन्दा बढी रकम असुली राखिएको जस्ता विषयको स्पष्ट रुपमा पहिचान भए पनि तिनीहरुमाथि…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा आगलागी, २७ घर जलेर नष्ट

    सुनसरीमा आगलागी, २७ घर जलेर नष्ट

    इटहरी : सुनसरीको बराह नगरपालिका–९ राजाबासमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन्। स्थानीयवासी रविन घिमिरेका अनुसार सो क्षेत्रमा आगो फैलिँदै गएको छ। सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ। आगो बस्तीमा फैलने क्रम बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। आगो फैलन नदिन स्थानीयवासी र प्रहरीले समेत प्रयास गरिरहेका छन्। रासस

    विस्तृतमा पढ्नुस्

  • विद्युत् सेवा अवरुद्ध हुँदा हिमालपारि अन्धकार

    विद्युत् सेवा अवरुद्ध हुँदा हिमालपारि अन्धकार

    बेँसीसहर : हिमालपारिको जिल्ला मनाङमा विद्युत् प्रवाहमा समस्या हुँदा सरकारी तथा अन्य काम प्रभावित भएका छन्। विद्युत् नहुँदा जिल्ला सदरमुकाम चामेलगायत आसपासका गाउँ अन्धकार भएका छन्। स्थानीय स्यल्क्यु खोला लघु जलविद्युत् आयोजना बन्द भएपछि सदरमुकाम अन्धकार भएको हो। विश्वविख्यात अन्नपूर्ण पदमार्गको गन्तव्य मानिने मनाङ सदरमुकाम चामे, थानचोक, तिमाङलगायत स्थानमा लक्ष्य गरी निर्मित ४५ किलोवाट क्षमताको स्यल्क्यु खोला लघु जलविद्युत् आयोजनाको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

    लुम्बिनी अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

    तिलोत्तमा (रुपन्देही) : विश्व स्वास्थ्य दिवसका अवसरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलले मानसिक स्वास्थ्य सेवा थप गरेको छ। स्तरवृद्धिसँगै विभिन्न सेवा विस्तार गर्दै आएको अस्पतालमा शुक्रबारदेखि मानसिक स्वास्थ्य सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको छ। लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालले मानसिक रोग उपचारको छुट्टै एकाइ निर्माण गरेर काम सुरु गरिएको बताए। लुम्बिनी अञ्चल अस्पताल विकास…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय जोखिम बढ्यो, पाँच वर्षमा ४७ को मृत्यु

    रमेश लम्साल  काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ क्षेत्रीय कार्यालयअन्तर्गतका इकाइमा सबैभन्दा बढी विद्युतीय दुर्घटनामा हुने गरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा दिइएको जानकारीअनुसार २०६८ असारदेखि २०७३ चैतसम्म ४७ जनाको मृत्यु भएको छ। सोही अवधिमा पोखरामा नौ जना, बुटवलमा १४, विराटनगरमा १०, जनकपुरमा १९ र अत्तरियामा आठ जनाको निधन भएको छ। दुर्घटनाबाट…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीबाट गैँडा मारियो

    चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीबाट गैँडा मारियो

    चितवन : लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आज बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो।  चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत जगतपुरको हरियाली सामुदायिक वनमा चोरी सिकारीले मारेको अवस्थामा गैँडा…

    विस्तृतमा पढ्नुस्

  • आत्मसमर्पणवादीहरु दुई चरणमा निर्वाचनको कुरा गर्दैछन् : बिजुक्छे

    आत्मसमर्पणवादीहरु दुई चरणमा निर्वाचनको कुरा गर्दैछन् : बिजुक्छे

    भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताएका छन्। नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई आज भक्तपुरको ठिमीमा सम्बोधन गर्दै उनले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षड्यन्त्र भएको बताए। स्थानीय तह निर्वाचन हुने मिति घोषणा भई तयारीसमेत भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell