PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

लाङटाङका भूकम्पपीडितलाई जग्गा स्थानान्तरण गरिने



रासस

रसुवा : २०७२ सालको भूकम्पले हिमाल हल्लाउँदा गएको पहिराले पुरिएका लाङटाङ गाउँका बासिन्दालाई अन्यत्र नै जग्गाजमिन उपलब्ध गराइने भएको छ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलको स्थलगत भ्रमणपछि स्थानीयवासीको चाहना अनुरुप पहिरोस्थलको जग्गा लाङटाङ राष्ट्रिय निकुञ्जलाई र बस्न उपयुक्त जग्गा साबिक प्रमाणबमोजिम स्थानीयवासीलाई उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको रसुवाका प्रजिअ चोमेन्द्र न्यौपानेले जानकारी दिए।

आगामी वैशाख १० गतेभित्र भूकम्पविद्को सही तथ्याङ्क लिइने र छिटोभन्दा छिटो बसोबासको टुङ्गो लगाइने छ। हाकु क्षेत्रका गुठी निस्सा भएकालाई तत्काल पुनःनिर्माण र भूकम्पले घर भत्किई बास स्थानान्तरण गर्नुपर्नेका हकमा जग्गा खरिदका लागि तुरुन्तै रकम उपलब्ध गराइने कार्यकारी निर्देशकबाट हाकुवासीलाई आश्वासन दिइएको प्रजिअ न्यौपानेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell