PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

  • बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    धुलिखेल : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा आज बिहान सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ। इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा ४५ प ६७५३ नंको मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • उपमेयरमा चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

    कञ्चनपुर : स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएका छन्। नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिएका उनले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताइन्। नेपाली कांग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिएकी उनले विकास अभियानको नेतृत्व लिन पार्टीसँग…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा भीषण आगलागी, ५० घर जलेर नष्ट

    सिरहामा भीषण आगलागी, ५० घर जलेर नष्ट

    लहान : सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन्। स्थानीयवासी हरिनारायण मण्डल (खत्वे) को परालको थुप्राबाट आगो सल्केर सोमबार साँझ ५ बजेदेखि सुरु भएको आगलागी वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र प्रहरीको अथक प्रयासबाट राति ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। आगलागीबाट स्थानीय ३५ परिवारका घर जलेर नष्ट भएको इप्रका, महेशबारी सिरहाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारीमा भारतीय महिला

    एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारीमा भारतीय महिला

    सोलुखुम्बु : सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन्। तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन्। सैँतीस वर्षीया अंशु जानसेन्पा आज आधार शिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिए। एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य रुट प्रयोग गर्नेछिन्। दुईपटक आरोहणका लागि उनले…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जलाई महानगरपालिका बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    पर्सा : वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणालगायतको माग राख्दै नेपाली काँग्रेस पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। काँग्रेस पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न पाँच सूत्रीय माग अघि सारेको हो।  सो ज्ञापनपत्रमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई क्षेत्रीय र पोखरिया अस्पताललाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नती गर्नुपर्ने माग गरिएको छ।  वीरगन्ज उपमहानगरपालिकाभित्रका रहेका वडालाई जनसंख्याका आधारमा छुट्याउनुपर्ने, प्रस्तावित…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आधार शिविरमा २० आरोही समूह, २० मध्ये १६ समूह सगरमाथा चढ्ने

    सगरमाथा आधार शिविरमा २० आरोही समूह, २० मध्ये १६ समूह सगरमाथा चढ्ने

    सोलुखुम्बु : सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन्।  तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए।  ती हिमाल आरोहणमा जानेको लगत…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

    फलेवास (पर्वत) : पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन गरिसकेपछि आइतबारदेखि अनुदान सम्झौता सुरु भएको हो। पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु भएको हो। जिल्लामै सबैभन्दा बढी क्षति भएको मोदी…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र विवादले स्थानीय तहको कार्यालय सञ्चालनमा आएन

    नुवाकोट : फागुन २७ गते राजपत्रमा सूचना जारी गर्दै स्थानीय निकाय भङ्ग भएको एक महिना पूरा भए पनि नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय अझै सञ्चालनमा आएको छैन। कार्यालय शुभारम्भ नहुँदा सर्वसाधारणले राज्यले प्रवाह गर्ने सेवा पाउनबाट वञ्चित भएका छन्। स्थानीय निकाय भङ्ग भएसँगै विभिन्न ६ गाविस मिलेर निर्माण भएको बेलकोटगढी नगरपालिकाले प्रवाह गर्ने सेवा एक महिना हुँदा पनि सुरु नहुँदा नागरिक…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

    कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

    कञ्चनपुर : कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ। जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन्। सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन्। क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ। बाँकी अन्य तालको क्षेत्रफल शून्य दशमलब ४ हेक्टरदेखि ७ हेक्टरसम्म रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • जिपबाट खसेर विद्यालय जाँदै गरेकी छात्राको मृत्यु

    फलेवास (पर्वत) : फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ। फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन्। गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनको नयाँ प्रस्तावमा एमालेको साथ रहन्न : भट्टराई

    संविधान संशोधनको नयाँ प्रस्तावमा एमालेको साथ रहन्न : भट्टराई

    काठमाडौँ : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्रतिष्ठान शाखाको भेलालाई आज सम्बोधान गदै उनले सबै दलको सहभागिता हुने गरी एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए। ‘निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयार छन्। कर्मचारी पनि पर्याप्त छन्,’ उनले भने, ‘त्यसैले दुई चरण…

    विस्तृतमा पढ्नुस्

  • ३० वटा हात्तीको सहयोगले थप एक गैँडा नियन्त्रणमा, तीन दशकमा ९८ गैँडा स्थानान्तरण

    ३० वटा हात्तीको सहयोगले थप एक गैँडा नियन्त्रणमा, तीन दशकमा ९८ गैँडा स्थानान्तरण

    रत्ननगर (चितवन) : प्रजाति संरक्षणका लागि शुक्लाफाँटा पठाउन चितवन राष्ट्रिय निकुञ्जले ढाट गरेर आज एउटा पोथी गैँडा नियन्त्रणमा लिएको छ। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार बिहान करिब ९ बजेको समयमा गैँडा नियन्त्रणमा लिइएको हो। यसअघि चारवटा गैँडा निकुञ्जले शुक्लाफाँटा पठाइसकेको छ। आज समाएको गैँडा योपटकका लागि अन्तिम भएको उनले जानकारी दिए। यही चैत २१ गतेबाट यहाँ गैँडा स्थानान्तरणको काम…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुका भूकम्पपीडितसँग आवास निर्माण अनुदान सम्झौता सुरु

    सोलुखुम्बु : सोलुखुम्बुका भूकम्पपीडितको आवास निर्माणका लागि भूकम्प गएको झन्डै दुई वर्षपछि आइतबारबाट अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ। दूधकुण्ड नगरपालिकाको केरुङस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितको अनुदान सम्झौता शुभारम्भ गरिएको हो। फागुन र चैत महिनामा गरी भूकम्पपीडितको स्थलगत लगत सङ्कलन सम्पन्न गरिएपछि अब अनुदान सम्झौता सुरु गरिएको हो। पहिलो किस्ताबापत ५० हजार भूकम्पपीडितले प्राप्त गर्दैछन्। पहिलो चरणमा…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस् : प्रमुख निर्वाचन आयुक्त

    राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस् : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम सुरु भएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा तोकेको छ। मुख्य निर्वाचन अधिकृत ७५ तथा ६६९ जना निर्वाचन अधिकृतका…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा आगलागी, आठ घर जलेर नष्ट

    पाँचथरमा आगलागी, आठ घर जलेर नष्ट

    पाँचथर : पाँचथरको सुभाङ–२ पाखा गाउँमा आज अपराह्न आगलागी हुँदा आठ घर र दुईवटा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय गोपाल खनाल, रविलाल चापागाईँ, मानबहादुर खनाल, गोपाल खनाल, चन्द्र चापागाईँ, कुलबहादुर खनाल, मदन चापागाईँ र राजकुमार पन्धाकको घर पूर्णरुपमा नष्ट भएको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए। जङ्गलमा लागेको आगो आज दिउँसो २ बजे वस्तीतिर फैलिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • अपहरण आरोपमा जिप्रका झापाका खरिदारसहित तीन पक्राउ

    अपहरण आरोपमा जिप्रका झापाका खरिदारसहित तीन पक्राउ

    सुरुङ्गा (झापा) : जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका घर भई जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत खरिदार तेजेन्द्र न्यौपाने, सोही स्थानका प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन्। उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा…

    विस्तृतमा पढ्नुस्

  • हरेक क्षेत्रमा भागवण्डाको राजनीति अन्त्य हुनुपर्छ : प्रधानन्यायाधीश सुशीला कार्की

    हरेक क्षेत्रमा भागवण्डाको राजनीति अन्त्य हुनुपर्छ : प्रधानन्यायाधीश सुशीला कार्की

    दाङ : उच्च अदालत तुलसीपुरको कार्यक्रममा सहभागी हुन दाङ पुगेकी प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक अभिव्यक्ति दिएकी छिन्। मेलमिलाप सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरेका कारण देशको समृद्धि हुन नसकेको बताइन्। उनले राजनीतिक प्रभाव र भागबन्डाको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिइन्।  “हरेक क्षेत्रमा भागबन्डाको राजनीति हुन्छ, सामाजिक रुपमा समान हेराइ र व्यवहार गर्न सकिए मात्र पछाडि परेका…

    विस्तृतमा पढ्नुस्

  • मिनीट्रक दुर्घटना हुँदा दुुईको मृत्यु, दुई गम्भीर घाइते

    मिनीट्रक दुर्घटना हुँदा दुुईको मृत्यु, दुई गम्भीर घाइते

    नुवाकोट : नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।  बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौँ जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हँुदा गाडी धनी बेलकोटगढी नगरपालिका–२ साविकको कुमरी गाविस–१ का २६ वर्षका सुदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ साविकको…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा तीन भारतीयको मृत्यु, एक गम्भीर घाइते

    दुर्घटनामा तीन भारतीयको मृत्यु, एक गम्भीर घाइते

    हेटौँडा : चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाैं जान आइरहेको बीआर–६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ।  मृत्यु भएकामध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह…

    विस्तृतमा पढ्नुस्

  • बेनी–जोमसोम सडकको गलेश्वरको बेलीब्रिज जीर्ण, मुस्ताङसँग सम्पर्क टुट्न सक्ने

    बेनी (म्याग्दी) : दैनिक दर्जनौँ निजी तथा भाडाका सवारीसाधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरमा रहेको बेलीब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ।  जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापसँगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने त्रास बढेको छ।  पुलको बीच र आसपासमा प्वाल परेको छ। जीर्ण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell