PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

हरेक क्षेत्रमा भागवण्डाको राजनीति अन्त्य हुनुपर्छ : प्रधानन्यायाधीश सुशीला कार्की



रासस

हरेक क्षेत्रमा भागवण्डाको राजनीति अन्त्य हुनुपर्छ : प्रधानन्यायाधीश सुशीला कार्की

दाङ : उच्च अदालत तुलसीपुरको कार्यक्रममा सहभागी हुन दाङ पुगेकी प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक अभिव्यक्ति दिएकी छिन्। मेलमिलाप सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरेका कारण देशको समृद्धि हुन नसकेको बताइन्।

उनले राजनीतिक प्रभाव र भागबन्डाको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिइन्। 

“हरेक क्षेत्रमा भागबन्डाको राजनीति हुन्छ, सामाजिक रुपमा समान हेराइ र व्यवहार गर्न सकिए मात्र पछाडि परेका नागरिकको उत्थान हुन सक्छ,” उनले भनिन्। 

अदालतप्रति नागरिकको विश्वास बढाउन न्यायाधीश, अदालतका कर्मचारीको बोली व्यवहारमा समेत परिवर्तन गर्नुपर्ने उहाँको सुझाव थियो । “बोली व्यवहार अझै परिवर्तन हुन सकेको छैन, न्यायसम्पादनमा लामो समय लाग्ने र खर्च हुने भएकाले न्यायालयमा सबैको पहुँच हुन सकेको छैन,” कार्कीले भनिन्।

“पाँच/सात प्रतिशत सहरिया व्यक्तिको मात्र अदालतसम्म पहुँच छ,” उनले भनिन्। मुद्दा फैसलाको अर्को विकल्प मेलमिलाप भएको र अदालतबाट गरिएको फैसला कार्यान्वयनमा जटिलता हुने गरेको कार्कीको भनाइ थियो।  राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell