PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

सोलुखुम्बुका भूकम्पपीडितसँग आवास निर्माण अनुदान सम्झौता सुरु



रासस

सोलुखुम्बु : सोलुखुम्बुका भूकम्पपीडितको आवास निर्माणका लागि भूकम्प गएको झन्डै दुई वर्षपछि आइतबारबाट अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ। दूधकुण्ड नगरपालिकाको केरुङस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितको अनुदान सम्झौता शुभारम्भ गरिएको हो।

फागुन र चैत महिनामा गरी भूकम्पपीडितको स्थलगत लगत सङ्कलन सम्पन्न गरिएपछि अब अनुदान सम्झौता सुरु गरिएको हो। पहिलो किस्ताबापत ५० हजार भूकम्पपीडितले प्राप्त गर्दैछन्। पहिलो चरणमा सम्झौता प्रक्रिया सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद साप्कोटाले जानकारी दिए।

तथ्याङ्क विभागमार्फत भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणले सोलुखुम्बुमा गरेको लगत सङ्कलनमा अहिलेसम्म १७ हजार ८९ घर पहिचान भएको छ। खुम्बु क्षेत्रमा लगत सङ्कलन सुरु भएको छैन। पहिचान भइसकेका घरपरिवारलाई आजैबाट अनुदान सम्झौता सुरु भएको छ।

जिल्लाका सबै भूकम्पपीडितको सम्झौता गरिसकेपछि मात्रै अनुदानबापतको पहिलो किस्ता ५० हजार बैंकमार्फत पीडितको हातमा पुग्ने संयोजक सापकोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell