PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

संविधान संशोधनको नयाँ प्रस्तावमा एमालेको साथ रहन्न : भट्टराई



रासस

संविधान संशोधनको नयाँ प्रस्तावमा एमालेको साथ रहन्न : भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल प्रतिष्ठान शाखाको भेलालाई आज सम्बोधान गदै उनले सबै दलको सहभागिता हुने गरी एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए।

‘निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयार छन्। कर्मचारी पनि पर्याप्त छन्,’ उनले भने, ‘त्यसैले दुई चरण गर्नुपर्ने कारण नै छैन।’

सचिव भट्टराईले अनेक बहानामा निर्वाचनलाई पछि धकेल्नका लागि दुई चरण गर्नुपर्ने कुरा ल्याइएको टिप्पणी गरे।

सरकारले पुनः ल्याउन लागेको संविधान संशोधनको नयाँ प्रस्तावलाई एमालेले साथ नदिने समेत उनले बताए। स्थानीय तहलाई कमजोर बनाउनेका लागि संशोधन विधेयक ल्याउन खोजिएको भट्टराईले आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell