PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

उपमेयरमा चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा



रासस

कञ्चनपुर : स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएका छन्।

नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिएका उनले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताइन्।

नेपाली कांग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिएकी उनले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताइन्।

टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उनको भनाइ छ।

पहिलो पटक चुनावमा भाग लिन लागेकी बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताइन्।

विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गरेकी बोहराले विसं २०४९ देखि नेपाल शिक्षक सङ्घमार्फत राजनीतिमा प्रवेश गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell