PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

वीरगन्जलाई महानगरपालिका बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र



रासस

पर्सा : वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणालगायतको माग राख्दै नेपाली काँग्रेस पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। काँग्रेस पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न पाँच सूत्रीय माग अघि सारेको हो। 

सो ज्ञापनपत्रमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई क्षेत्रीय र पोखरिया अस्पताललाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नती गर्नुपर्ने माग गरिएको छ। 

वीरगन्ज उपमहानगरपालिकाभित्रका रहेका वडालाई जनसंख्याका आधारमा छुट्याउनुपर्ने, प्रस्तावित वीरगन्ज विश्वविद्यलायको प्रक्रियालाई चाँडै अगाडि बढाउनुपर्ने, पर्साको ग्रामीण भेगमा रहेको हुलाकी राजमार्ग, गण्डकसडक, तिलावे खोलाको दोस्रो पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सरकारसँग माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell