काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गर्ने भएका छन्। प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिए। स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन…
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ। आयोगले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछि गरी तीन चरणमा मानवअधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिए। अनुगमनका लागि आयोगले यसै हप्तादेखि मानवाधिकार अधिकृतको टोली अनुगमनका लागि खटाउने भएको छ। उनले अनुगमन टोलीले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला तथा विचार अभिव्यक्त गर्न…
काठमाडौँ : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले ललितपुर जिल्ला कमिटीले उम्मेद्वारको नाम सिफारिस गरेको छ। जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सेनाले जानकारी दिए। ललितपुर महानगरपालिका प्रमुखमा हरिकृष्ण व्यञ्जनकार तथा उपप्रमुखमा उषा बज्राचार्य,…
भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ। वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कात्तिक १८ गतेको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जका लागि पहिलो चरणमा दुईवटा बाह्रसिङ्गे पठाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा १० वटा तथा चितवन राष्ट्रिय निकुञ्जमा २५ वटा बाह्रसिङ्गे स्थानान्तरण…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पहिलोपटक ल्याएको संविधान संशोधनको प्रस्तावभन्दा पनि अहिलेको झनै राष्ट्रहित विपरीत रहेकाले मुलुकलाई दूरगामी असर पार्ने बताए। केही दलको स्वार्थसिद्धीका लागि संविधान संशोधन गर्न…
मलेखु (धादिङ) : खोलामा पौडी खेल्न गएका त्रिपुरासुन्दरी गाउँपालिका –४ का एक बालकको आज डुबेर मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका–१२ पशुपतिमा बस्दै आएका आठ वर्षीय कृष नेपालीको आसी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का एकजना साथीसँग खोलामा पौडी खेल्न गएका नेपाली खोलाको दलदलमा गाडिएर मृत्यु भएको हो। रासस
काठमाडौं : नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकाबाट प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ। एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीले महानगरपालिकासहित १० नगरपालिकाका दुईदेखि पाँच जना उम्मेदवारको नाम प्रमुख र उपप्रमुखमा सिफारिस गरेको प्रचार विभाग प्रमुख दिपक निरौलाले जानकारी गराए। उनले नगर कमिटीबाट आएका नामलाई प्रदेश कमिटीमा सिफारिस गरिएको बताए। कीर्तिपुर र चन्द्रागिरिमा…
सल्लेरी (सोलुखुम्बु) : सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो। आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए।…
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ। परीक्षामा आज पहिलो दिन देशभर अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए। शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षाको…
ताप्लेजुङ : स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिएका छन्। काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका हुन्। यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार…
काठमाडौँ : नेपाल पत्रकार महासङ्घ काठमाडौँको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने भएको छ। शुक्रबार शाखाको १० औँ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए। निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ। आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन्। आज उम्मेदवारको अन्तिम…
लहान : आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी राय रहेका छन्। आफ्नै घरमा सुतिरहेको अवस्थामा २०७३ फागुन १७ गते राति घरमा आगलागी हुँदा घरको कोठामै भाइ प्रदीप रायको जलेर मृत्यु भएको थियो। घटनाको अनुसन्धान गर्दै जादाँ फुलगेन र निरोदेवीको संलग्नता…
पोखरा : नेकपा एमाले पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीले महानगरको प्रमुख र उप–प्रमुख (मेयर र उपमेयर) पदका लागि मतदान प्रकृयाबाट तीन/तीन जनाको नाम सिफारिस गरेको छ। गएराति १ बजेतिर सकिएको सो मतगणनापछि महानगरको प्रमुख पदमा पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य एवम् पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा र एमालेकी महिला नेतृ मित्रकुमारी गुरुङ…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो। विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो।…
मुस्ताङ : जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ जना भन्दा बढी घाइते भएका छन्। घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न…
काठमाडौँ : साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन। साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो। अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना थियो। यातायात क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्नुभएका भक्तपुरका स्थानीयवासी…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भित्तो भागमा ठेकेदार कम्पनीले विस्फोटका लागि अनुमति मागे पनि परामर्शदाताले अस्विकार गरेका छन्। भित्तो काट्न कठिन भएको भन्दै विस्फोटका लागि अनुमति मागेको थियो। परामर्शदाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै त्यसलाई अस्वीकार गरेको हो। उक्त सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन्। आइसिटी इन्डिया इनजेभी विथ सुरुङ इङ्ग कोरिया इन…
राजकोट (गुजरात, भारत) : भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गरिन्। गुजरातको राजकोटमा अपराह्न आइपुग्नुभएकी राष्ट्रपति भण्डारीलाई गुजरातका गृह, शिष्टाचार तथा संसदीय मामिला मन्त्री प्रदीप जडेजा लगायतका गुजरात सरकारका उच्च पदाधिकारीले राजकोट विमानस्थलमा स्वागत गरेका थिए। राजकोट विमानस्थलबाट सिधै राष्ट्रपति भण्डारी भारतीय वायुसेनाको हेलिकप्टरबाट भारतको…
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमीदेखि एक सय मि लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार चार दिनअघि सो क्षेत्रको निर्माण गर्दैआएको सुप्रिम रौताहा जेभीले आयोजनाका परामर्शदातालाई सो…
काठमाडौँ : पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ। स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। नियमित स्वास्थ्य परीक्षणाका…