PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पत्रकार महासङ्घ काठमाडौँको निर्वाचन आइतबार



रासस

काठमाडौँ :  नेपाल पत्रकार महासङ्घ काठमाडौँको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने भएको छ। 

शुक्रबार शाखाको १० औँ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए। 

निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ। आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन्। 

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शाखा कार्यालय भृकुटीमण्डपमा कार्यसमितिका लागि बिहान ११ देखि १ बजेसम्म र केन्द्रीय पार्षद् तथा प्रदेश पार्षद्का लागि बिहान २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउने समय तोकिएको पोखरेलले जानकारी गराए। 

नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। चैतमा हुनुपर्ने अधिवेशन सदस्य विवादका कारण रोकिएको थियो। शाखामा करिब एक हजार तीन सय ५० मतदाता छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell