PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

  • बंगलादेशमा आँधीले लियो सात जनाको ज्यान

    बंगलादेशमा आँधीले लियो सात जनाको ज्यान

    ढाकाः बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात जनको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।  आँधीमा परी बङ्गलादेशको राजधानी ढाकाबाट करिब २ सय ५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा चार जनाको मृत्यु भएको बताइएको छ।   आँधीका रेल मार्ग, यातायतलगायत निर्माणाधिन अवस्थामा रहेका भवनहरुसमेत क्षतिग्रस्त भएका छन् । रासस /सिन्ह्वा   

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    नवलपरासीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ३७७९ नम्बरको ट्रकले सडक छेउमा ठेला लिएर हिँडिरहेका अन्दाजी ४० वर्षीय सागर पोख्रेललाई ठक्कर दिंदा उनको  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • आइएसद्वारा सिरियाली शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु

    बेरुतः इराकी सीमाक्षेत्र नजिकै रहेको सिरियाको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ।  शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती बिष्फोट गराएका थिए। घटनामा इराक र सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन बिताउँदै आएका सिरियाली नागरिकको मृत्यु भएको सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सिरियाको तब्का सहर एसडिएफको कब्जामा

    सिरियाको तब्का सहर एसडिएफको कब्जामा

    बेरुतः सिरियाको तब्का सहरको ८० प्रतिशत भूभाग अमेरिकाको समर्थन रहेको सेनाले कब्जा गरेको छ। सो सहर यसअघि इस्लामिक स्टेट समूहको कब्जा रहेको थियो। करिब एक साताअघि सहरमा प्रवेश गरेका अमेरिकाको समर्थन रहेको सिरियन डेमोक्र्याटिक फोसेस (एसडिएफ) ले सहरको ८० प्रतिशत भाग कब्जामा लिएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ। ऐतिहासिक सहर तब्का सिरियाको राका सरहबाट ५५ किलोमिटर उत्तरमा रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • जापानी प्रधानमन्त्रीले भने–‘उत्तर कोरिया एक गम्भीर खतरा हो’

    जापानी प्रधानमन्त्रीले भने–‘उत्तर कोरिया एक गम्भीर खतरा हो’

    लन्डनः जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाले हालै गरेको व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण स्वीकार्य नहुने बताएका  छन्। । लन्डनको भ्रमणमा रहेका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको बताएका हुन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका केही समयपछि नै उत्तर कोरियाले पुनःएउटा व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। तर उक्त परीक्षण सफल भने भएको थिएन। यसअघि यसै महिनामा उत्तर कोरियाले…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा कांग्रेस पार्टी कार्यालय तोडफोड

    रसुवाः निर्वाचनको विवादका कारण नेपाली कांग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ। निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले कांग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी कार्यालय तोडफोड गरेका हुन्। ढुङ्गा प्रहारबाट तामाङ चढेको गाडीको सिसा फुटेको छ। प्रहरीले तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिएको छ । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा हाकुका…

    विस्तृतमा पढ्नुस्

  • जन्ती बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    जन्ती बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    इटहरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ। धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले को २ प ६५१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले बताएको छ। मङ्गोलियन अनुहारका मोटरसाइकल चालक मृतकको शव क्षतविक्षत…

    विस्तृतमा पढ्नुस्

  • तीनवटा बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा छाडियो

    तीनवटा बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा छाडियो

    रत्ननगर : शुक्लाफाँटाबाट ल्याइएको थप तीनवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ। यसअघि यही वैशाख १५ गते दुई वटा पोथी बाह्रसिङ्गे छाडिएकामा आजसम्म एक भालेसहित थप तीनवटा गरी पाँच वटा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएको पाँचवटा बाह्रसिङ्गेलाई चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पुरानो पदमपुरमा छाडिएको जनाइएको छ। बाह्रसिङ्गे नियन्त्रणमा लिन…

    विस्तृतमा पढ्नुस्

  • ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

    ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

    चितवनः पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि दुर्घटना हुँदा राप्ती नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।  रोकिराखेको ना३ख ९३९६ नम्बरको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४७ नम्बरको मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु भएको हो । रासस  

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको आरोपमा अस्पतालका नायब सुब्बा पक्राउ

    घुस लिएको आरोपमा अस्पतालका नायब सुब्बा पक्राउ

    खोटाङः अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन्।  अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति ३५ हजार रुपैयाँका दरले घुस लिने नायब सुब्बा केदारनाथ खनाल पक्राउ परेका हुन्।  अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ । खनालले आवेदकबाट…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर पर्वतमा दुईको मृत्यु, सात घाइते

    चट्याङ लागेर पर्वतमा दुईको मृत्यु, सात घाइते

    फलेवास (पर्वत) : पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो। चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियामाथिको सैनिक कारबाही आगामी गतिविधिले निर्धारण गर्ने ट्रम्पको भनाइ

    उत्तर कोरियामाथिको सैनिक कारबाही आगामी गतिविधिले निर्धारण गर्ने ट्रम्पको भनाइ

    वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न प्योङयाङमाथि दबाब दिइरहेको बताएका छन्।  सीबीएस टेलिभिजन नेटवर्कको ‘फेस द नेसन कार्यक्रम’ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुसी नभएका बताए। के उत्तर कोरियासँगको बेखुसी हुनुको कारण ‘सैनिक कारबाही’ चलाइने सम्भावना छ त? भन्ने प्रश्नमा उनले अहिले यस विषयमा यसै भन्न…

    विस्तृतमा पढ्नुस्

  • हवाई आक्रमणमा इराक र सिरियामा कम्तीमा ३ सय ५२ सर्वसाधारणको मृत्यु

    हवाई आक्रमणमा इराक र सिरियामा कम्तीमा ३ सय ५२ सर्वसाधारणको मृत्यु

    वासिङटनः इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ। सिरिया र इराकमा भएका ती हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्म भएका थिए। सो समयमा आइएस लडाकूविरुद्ध भएका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्याङ्क आइतबार सार्वजनिक गरिएको थियो। पेन्टागनकाअनुसार सन् २०१६ नाभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्धको हवाई आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको…

    विस्तृतमा पढ्नुस्

  • एमालेले संविधान संशोधन विधेयक असफल पार्न सम्पूर्ण प्रयत्न गर्ने

    एमालेले संविधान संशोधन विधेयक असफल पार्न सम्पूर्ण प्रयत्न गर्ने

    काठमाडौँ : नेकपा (एमाले)को स्थायी कमिटीको शनिबारको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ।  “बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,” पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • चुरे क्षेत्रमा भीषण आगलागी

    चुरे क्षेत्रमा भीषण आगलागी

    कञ्चनपुर : चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी भइरहेको छ। नाइलदेखि पश्चिम धारापानी खोलासम्मको लखने र बेलगाडा क्षेत्रको तीन किमीको दायरामा भएको आगलागीबाट चुरे क्षेत्रमा रहेका बोटविरुवा तथा काठ जलेर नोक्सान भएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। भालु खोलादेखि पश्चिम धारापानी खोलासम्मको क्षेत्रको आगलागी सामुदायिक वनका हेरालुको सहयोगमा नियन्त्रणमा लिइए पनि हावाहुरी चल्न थालेकाले भिरालो जमिनको माथिबाट ढुङ्गा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार बर्खास्त

    पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार बर्खास्त

    इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो प्रधानमन्त्रीका विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गरेका छन् ।   पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक भएको एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता भएको भन्दै पदमुक्त गरिएको बताइएको छ ।  यद्यपि पाकिस्तानी सेनाले प्रधानमन्त्री सरिफले आफ्ना सल्लाहकारलाई सेना र राजनीतिक नेताबीचको द्वन्द्वका…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानको सैनिक शिविरमा आक्रमण गर्नेमाथि कडा कारबाही गर्न सुरक्षा परिषद्को माग

    अफगानिस्तानको सैनिक शिविरमा आक्रमण गर्नेमाथि कडा कारबाही गर्न सुरक्षा परिषद्को माग

    संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍ले अफगानिस्तानको एक सैनिक शिविरमा एक साताअघि भएको हिंसात्मक हमलाको निन्दा गरेको छ। अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफमा भएको हमलामा परी १३५ सैनिक जवानको ज्यान गएको थियो।  राजधानी काबुलमा भएको आक्रमणमा परी ५० जनाभन्दा बढी नागरिकको ज्यान गएको केही समयपछि तालिवानहरुले सैनिक शिविरमा हमला गरेका छन्। हमलाको निन्दा गर्दै परिषद्ले दोषीमाथि कडाभन्दा कडा कारबाही…

    विस्तृतमा पढ्नुस्

  • बालविवाहमा संलग्न बेहुला पक्राउ

    बालविवाहमा संलग्न बेहुला पक्राउ

    कलैया : जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ। साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा…

    विस्तृतमा पढ्नुस्

  • भौतिक संरचना अभावमा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त

    भौतिक संरचना अभावमा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त

    सिबी अधिकारी काठमाडौँः मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिंदा अस्तव्यस्त बन्दै गएको छ। विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ। विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय…

    विस्तृतमा पढ्नुस्

  • अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा

    अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा

    काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा सञ्चालन गरेको छ। विभागले जन्म, मृत्यु, बसाइँसराइँ, सम्बन्धविच्छेद र विवाह प्रणालीलाई व्यवस्थित बनाउनका लागि अनलाइनमार्फत घटना दर्ता गर्ने कामलाई तीव्रता दिएको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताए। देशका सबै स्थानीय तहमा अनलाइनमार्फत घटना दर्ता गर्न विभागले तालिम दिइरहेको छ। उनले भने, “रकम वितरण गर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell